अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु



अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं। १० धरम्पानीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । सन्धिखर्क नगरपालीका वडा नं। ८ निवासी रिखिराम राना र पुष्पा रानाकी कान्छी छोरी अन्दाजी ६ वर्षकी सदिक्षा रानालाई चितुवाले आक्रमण गरेको हो । दिउसो करीव तिन बजेको समयमा चितुवाले आक्रमण गरेको बताइएको छ ।
सन्धिखर्क १० धरम्पानीबाट आप्ःनो मामा घर किमडाँडा पुगेकी रानालाई पसलमा च्याउच्याउ किनेर फर्किने समयमा चितुवाले आक्रमण गरी ज्यान लिएको हो ।
चितुवाले बालिकालाई आक्रमण गरि जंगल तर्फ लगेको थियो । तर बालिकालाई जिबितै भेट्टाउने स्थानीयहरुको प्रयास भने असफल भयो । जङगलमा बालिकाको सव क्षेतविक्ष्यत अबस्थामा भेटिएको भेटियो ।
यतिबेला बालिकाको सब पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्