जापान पठाइदिने भन्दै १ करोड बढी ठगी गर्ने मुख्य नाईके पक्राउ



काठमाडौँ ।

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै १ करोड बढी ठगी गर्ने मुख्य नाईके पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं। १३ बस्ने ३३ वर्षिय सबिन प्रकाश दनुवार रहेका छन् ।

दनुवारले आफु विमान सेक्यूरिटी एण्ड सर्भिस प्रा.लि. को अध्यक्ष र संञ्चालक रहेको बताउदै जापानको सरकारी कोटामा कृषी सम्बन्धी कामको लागि पठाई दिन्छु भन्दै प्रति व्यक्ति ७ लाख देखी १२ लाख सम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड, ३१ लाख ५० हजार रूपैया ठगी गरेको खुल्न आएको छ ।

दनुवारले चावहिलमा अवस्थित विमान सेक्यूरिटी एण्ड सर्भिस प्रा।लि। मा रोजगारीमा जापान पठाउने भन्दै नेपाली तथा जापानी प्रशिक्षक बोलाई पीडितहरूलाई विश्वास दिलाउनका लागि उनले आफ्नो सालो लालमणि दनुवारलाई समेत जापानीज भाषा सिकाउने गरेको प्रहरीले बताएको छ । दनुवारलाई हिजो आईतबार काठमाडौँ बसुन्धाराबाट पक्राउ गरि आज मंगलबार जिल्ला अदालत काठमाण्डौमा बझाईएको छ ।

यस्तै यसै मुद्धामा पीडितहरूको जाहेरीको आधारमा ठगी मुद्दामा संलग्न भएको आरोपमा नुवाकोट दुप्चेश्वर ७ कि हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षिया सरिता गुरूङ र उदयपुर जिल्ला त्रियुगा नगरपालिका ९ का हाल काठमाडौँ नेपालटार बस्ने २३ वर्षिय लाल मणि दनुवारलाई २०७४ साल माघ ८ र ९ गते पक्राउ गरी अनुसन्धान पश्वात ठगी मुद्धामा काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको थियो ।

अदालतको २०७४ माघ २९ गतेको थुनछेक आदेशले १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी केन्द्रीय कार्यालय काठमाडौँ चलान भएका थिए । जसमध्ये लाल मणी दनुवार २०७५ साल जेठ १५ गते १० लाख धरौटीमा तारेखमा छुटेका थिए भने निज सविन प्रकाश दनुवार उक्त मिति देखि नै फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्