ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मिठो कारबाही !



अमृत अर्याल, स्याङजा ।
तपाई सवारी साधन लिएर (चलाएर) सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्जाका विभिन्न सडकमा हिड्दै हुनुहुन्छ ? जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यदि चालकले ट्राफिक नियम पालन गरे नम्र बोली र नियम उल्लंघन गरे मिठो कारबाही गर्ने रणनीति अपनाउने भएको छ ।

“सवारी साधन चालकले ट्राफिक नियम पालन गरे हामी उनलाई सम्मान सहित नम्र बोल्छौं ।” स्याङ्जा ट्राफिक प्रहरी प्रमुख रेशम बहादुर रानाभाटले भन्नुभयो, “चालक सावधान नहु“दा सवारी दुर्घटना हुने गरेकाले अब कडा कारबाही होईन मिठो कारबाही गरेर सचेत गराउ“छौं ।”

“सकेसम्म हामी स्याङ्जालाई पूर्ण रुपमा दुर्घटना शुन्य जिल्ला बनाउने अभियान संचालन गछौं ।” चितवनबाट हालै स्याङ्जाको ट्राफिक प्रहरीमा सरुवा भई आएका प्रहरी नायव निरीक्षक रानाभाटले भन्नुभयो, “विद्यालय स्तरीय प्रशिक्षण, ट्राफिक प्रहरीको नम्र बोली, यात्रुलाई सचेतना र चालकलाई मिठो कारबाहीको अभियान चलाउने छौं ।”

जिल्लामा हुने दुर्घटनालाई न्यूनिकरण गर्नका लागी १६ बु“दे अभियान थालेको ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनलाई ट्राफिक नियम सतप्रतिशत पालन गर्न लगाउने प्रतिबद्धता जनाएको छ । “दुर्घटना हु“दा मानव जीवन नै अन्त्य हुने भएकाले हामीले नियम पालनालाई कडाई गर्न लागेको हौं ।” रानाभाटले भन्नुभयो, “चालकलाई पहिलो चरणमा प्रशिक्षित बनाउ“दा समेत नमाने मिठो कारबाहीले सबक सिकाउ“छ ।”

“अन्य राजमार्गको तुलनामा घुम्ती बढि भएकाले सिद्धार्थ राजमार्गमा दुर्घटना कम हुने गरेको तथ्याङ्क छ ।” ट्राफिक प्रहरी हेमबहादुर मल्लले भन्नुभयो, “अन्य राजमार्गको तुलनामा सिद्धार्थ राजमार्गमा दुर्घटना कमि हुने भए पनि हाम्रो प्रयास दुर्घटनालाई शुन्यमा ल्याउने हो ।”

जिल्लाका ११ स्थानीय तहमा समय–समयमा छडके चेकजा“च र राजमार्गमा नियमित चेकजा“ज गर्ने तयारीमा रहेको जिल्ला ट्राफिक प्रहरीले नजिकिदै गरेको नेपालीको ठूला चाडलाई मध्यनजर राख्दै अनुगमन टोलीले निर्धारित भाडादरमा बढि लिइएको पाईए नियन्त्रण गर्ने जनाएको छ । कार्यालयका अनुसार ट्राफिक प्रहरीले ग्यारेजदेखि सडकसम्म पहु“च पु¥याउने प्रयास गर्ने भएको छ ।

“मोटरसाईकल चलाउ“दा अनिवार्य रुपमा लगाउनु पर्ने हेलमेट त ट्राफिक प्रहरीलाई लगाई दिए जस्तो छ, हाम्रो बानी ।” स्थानीय तोयनाथ अर्यालले भन्नुभयो, “ट्राफिक नियम लागु गराउन, आम नागरिकस“गको सम्बन्ध र बोलीचालिमा ट्राफिक प्रहरीले आमूल परिवर्तन गरेको आभाष भएको छ ।”

प्रतिक्रिया दिनुहोस्