घुससहित इन्स्पेक्टर पक्राउ



बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले प्रहरी निरीक्षकसहित दुई जनालाई घुससहित पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेशसिंह महता र स्थानीय मध्यस्थकर्ता मैया पौडेललाई ३० हजार रुपैयाँसहित नियन्त्रणमा लियर अनुसन्धान शुरु गरिएको हो ।

महताले सोधपुछका लागि नियन्त्रणमा लिएर छाड्ने बहानामा उनीहरुसँग सुनको सिक्री बन्धकी राखेर घूस माग्दै गरेको उजुरीको आधारमा आइतबार साँझ करिब साढे ७ बजे तिर अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्