अर्काको एटिएम चोरेर क्यासिनोमा मस्ती



काठमाडौँ । एटिएम चोरीमा संलग्न भारतिय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मीलाई सोमबार ठमेलबाट पक्राउ परेका छन । उनिहरूलाइ ठमेलबाट पक्राउ  गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) बसन्त लामालेजानकारी दिएका छन ।

करिब एक महिनादेखि ठमेलको एक होटलमा बसेर एटिएम चोरीमा संलग्न रहेकाे अनुसन्धानमा भेटीएकाे छ ।  भारतिय गिरोह एटिएम चोरीको पैसा बोकेर क्यासिनो जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे । आइर्तबार रातभर एटिएम फ्रड गर्नेहरु मल्ल होटलको क्यासिनो बेलीमा जुवा खेलेर बसेपछि प्रहरीले उनिहरुलाई सोमबार विहान मात्र नियन्त्रणमा लिएको थियाे ।

भारतिय नागरिकहरुसँगै पक्राउ परेका क्षेत्रपाटी बस्ने नेपाली नागरिक अनुज नकर्मीले ब्रोकरको काम गर्दै आएककाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्