सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न २२ बुँदे कार्यक्रम



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जारी गर्नुभएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम–२०७५ को २२ बुँदे नीति तथा कार्यक्रमको २२ बुँदे कार्ययोजना को संक्षिप्त विवरण :
१. बाल विकास केन्द्रको पुनर्वितरण
तथा सञ्चालनमा सुधार ल्याउने
क)  कम्तीमा एक विद्यालय एक बालविकास केन्द्रको अवधारणाअन्तर्गत स्थानीय सरकारले बालविकास केन्द्रहरूको
पुनर्वितरण गर्ने।
ख)  निश्चित विद्यार्थी संख्याका आधारमा मात्र एक विद्यालय वा विद्यालयको सेवा क्षेत्रमा एकभन्दा बढी बालविकास केन्द्र सञ्चालन गर्ने।
ग) केन्द्रबाट हाल दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै प्रदेश तथा स्थानीय सरकारले समेत लगानीको वातावरण बनाई लागत साझेदारी गर्ने।
घ)  प्रारम्भिक बालकक्षामा खेलसामग्री, सिकाइ सामग्री, मनोरञ्जन
सामग्री, अडियो भिडियो सामग्री व्यवस्था गर्ने ।
२.पाठ्यक्रम तथा पाठ्यसामग्रीमा समसामयिक सुधार गर्ने
क)  कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम २०७६ बैशाखबाट लागँ गर्ने।
ख)  कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण ग्रेड टिचिङलाई प्राथमिकता दिने।
ग)  हालसम्म विकास गरिएका उपयोगी खालका सम्पँर्ण पाठ्यसामग्री, सन्दर्भ सामग्री, स्रोतसामग्री, प्रयोगात्मक सामग्री छपाई गरी विद्यालयले प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने।
ङ)  शिक्षण सिकाइमा टेवा पुग्ने खालका विशेषतः अंग्रेजी, गणित, विज्ञान र प्राविधिक विषयमा डिजिटल पाठ्यसामग्री विकास गरी
प्रयोगमा ल्याउने।
च)  नेपाली कला, संस्कृति, साहित्य, सामाजिक अध्ययनलगायतका पहिचानमँलक विषय राष्ट्रभाषामा अध्ययन अध्यापन गराउने
व्यवस्था गर्ने।
छ)  मातृभाषामा सिकाइका सामग्री निर्माण गरी बालबालिकाको मातृभाषामा सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्ने।
३. विद्यालयमा रूपान्तरणकारी नेतृत्वका लागि माध्यमिक विद्यालयमा क्रमशः अलग्गै प्रधानाध्यापकको व्यवस्था गर्ने र सबै प्रधानाध्यापकको व्यवस्थापकीय एवम् नेतृत्व क्षमता बढाउने
क)  अनुभवी एवम् उत्कृष्ट शिक्षकमध्येबाट प्रधानाध्यापक छनोट गर्न कानुनी व्यवस्था गर्ने।
ख)  शिक्षक सेवा आयोगले नेतृत्व परीक्षणका आधारमा सम्भावित प्रधानाध्यापकको रोस्टर तयार पार्ने।
ग)  उक्त रोस्टरबाट विद्यालय विकास प्रस्तावको आधारमा प्रधानाध्यापक छनोट एवम् नियुक्त गर्ने व्यवस्था स्थानीय सरकारले मिलाउने।
घ)  प्रधानाध्यापक नियुक्ति गर्दा नतिजामँलक कार्यसम्पादन सम्झौता गर्ने र सम्झौताअनुसार काम गर्न नसके हटाउनसमेत सक्ने व्यवस्था गर्ने।
ङ)  प्रधानाध्यापकलाई नेतृत्व क्षमता विकास तालिम, विशेष प्रोत्साहन प्रदान गर्नुका साथै अलग्गै प्रधानाध्यापक नभएका अवस्थामा निजको अध्यापन भार
कटौती गरी शैक्षिक व्यवस्थापनमा जिम्मेवार बनाउने।
४. शिक्षक छनोट प्रक्रियामा सुधार गर्ने
क)  शिक्षक सेवा आयोग विधेयक तर्जुमा गरी संघीय संसद्मा पेस गर्ने।
ख)  आयोगबाट वार्षिक कार्ययोजना निर्माण गरी शिक्षक छनोट, बढुवा, अध्यापन अनुमतिपत्रको परीक्षालाई समयबद्धरूपमा सञ्चालन गर्ने।
ग)  शिक्षण पेसामा अब्बल प्रतिभालाई प्रवेश गराउन विश्वविद्यालयका फ्याकल्टी टपर सोझै शिक्षण पेसामा प्रवेश गर्न पाउने कानुनी व्यवस्था गर्ने।
घ)  विषयगतरूपमा सक्षम व्यक्ति मात्र शिक्षण पेसामा प्रवेश गराउन विषय विशिष्टीकृत अध्यापन अनुमतिपत्रको व्यवस्था गर्ने।
ङ) करारमा शिक्षक राख्नुपर्ने अवस्थामा शिक्षक सेवा आयोगले उपलब्ध गराएको वैकल्पिक योग्यताको सँचीबाट मात्र राख्न सकिने
व्यवस्था गर्ने।
५. शिक्षक दरबन्दी पुनर्वितरण तथा न्यँनतम शिक्षक सुनिश्चितताका लागि शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको सुझावका आधारमा दरबन्दी पुनर्वितरण
क)  शिक्षक दरबन्दी पुनर्वितरण तथा समायोजनका लागि आवश्यकताअनुसार कानुनी तथा नीतिगत व्यवस्था गर्ने।
ख)  एक पटक सम्पँर्ण दरबन्दीलाई मन्त्रालयको पुलमा राख्ने र सो पुलबाट प्रतिवेदनले सुझाएका आधारमा शिक्षक दरबन्दीको पुनर्वितरण तथा समायोजन गर्ने।
ग)  यसरी पुनर्वितरण तथा समायोजन गर्दा विद्यालयमा आवश्यक पर्ने न्यँनतम तहगत र विषयगत शिक्षकको संख्या यकिन गरी गर्ने।
ङ)  आगामी ३ वर्षभित्र सबै विद्यालयमा न्यँनतम शिक्षक उपलब्ध भएको सुनिश्चित गर्ने।
६. शिक्षक तालिम तथा पेसागत विकासलाई सुदृढीकरण गर्ने
क)  नवनियुक्त शिक्षकलाई कम्तीमा १५ दिनको सघन सेवाप्रवेश तालिम उपलब्ध गराउने।
ख)  शिक्षकको निरन्तर पेसागत विकास क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला, गोष्ठी, स्वाध्ययन, अनुसन्धान, पेसागत नेटवर्किङ अनुगमन सुपरीवेक्षण, अन्लाइन सिकाइजस्ता पद्धति अपनाउने।
ग)  पाठ्यक्रमा आधारित सघन
तालिम तथा अभिमुखीकरणको व्यवस्था गर्ने।
घ)  शिक्षक तालिममा सिकेका कुराको मँल्यांकन गर्ने।
७. शिक्षक प्रशंसा तथा प्रोत्साहनको व्यवस्था गरी उत्प्रेरणा अभिवृद्धि गर्ने
क)  शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरभन्दा माथि हुन नसक्ने मान्यतालाई आत्मसात् गरी ‘सामुदायिक विद्यालयको रूपान्तरणका निम्ति उत्प्रेरित एवम् समर्पित शिक्षक’ भन्ने नाराका साथ शिक्षकलाई पेसाप्रति समर्पित बनाउन स्थानीय तहमा उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्ने।
ख)  शिक्षकको कार्यसम्पादन एवम् विद्यार्थीले प्राप्त नतिजा समेतको आधारमा प्रत्येक गाउँपालिका÷नगरपालिकाले पालिकास्तरमा, प्रदेशले प्रदेशस्तरमा र मन्त्रालयले राष्ट्रियस्तरमा उत्कृष्ट शिक्षक छनोट गरी पुरस्कृत गर्ने।
ग)  प्रत्येक पालिकाले प्रत्येक वर्ष टिचर अफ द इयर घोषणा गर्ने।
८. शिक्षकको वृत्ति विकास प्रणालीमा परिवर्तन गर्ने
क)  शिक्षक बढुवाका आधार पुनरावलोकनका लागि कानुनी आधार तयार गर्ने।
ख)  अपग्रेडिङ कोर्ष र सेवाकालीन तालिम प्रत्यक्ष वा अनलाइन विधिबाट लिन पाउने व्यवस्था गर्ने।
ग)  शिक्षक बढुवा गर्दा प्रदेशस्तरलाई एकाइ मानी बढुवा व्यवस्थाका लागि कानुन संशोधन गर्ने,
९. ‘विद्यार्थी ल्याऔं, टिकाऔं र सिकाऔं’ अभियानलाई निरन्तरता दिने
क)  विद्यालयबाहिर रहेका बालबालिकाको लगत अभिलेखलाई तयार पार्न बाँकी रहेका स्थानीय तहमा सो अभिलेख तयार पार्ने।
ख)  विद्यालय उमेर समँहका सम्पँर्ण बालबालिकालाई विद्यालय वा वैकल्पिक शैक्षिक पद्धतिभित्र ल्याउन, आइसकेकालाई टिकाउन र सबैमा न्यँनतम सिकाइ सुनिश्चित गर्नका निम्ति अभिलेखमा आधारित ‘विद्यार्थी ल्याऔं, टिकाऔं र सिकाऔं’ अभियान सञ्चालन गर्ने।
ग)  विद्यार्थीको टिकाउका निम्ति मानव विकास सँचकांकको आधारमा पछि परेका समँहमा केन्द्रित दिवा खाजा, छात्रवृत्तिजस्ता प्रोत्साहनमँलक कार्यक्रम सञ्चालन गर्ने।
घ)  स्थानीय सरकारको अगुवाइमा स्वैच्छिक अभिभावकत्वका माध्यमबाट सामाजिक न्यायमा आधारित प्रयासको निरन्तरता दिने।
ङ)  विद्यालय आएकालाई टिकाउन र उच्चतम सिकाइ सुनिश्चित गर्न विद्यालयले विशेष योजना निर्माण गरी कार्यान्वयन गर्ने।
१०. शिक्षण सिकाइ प्रक्रियामा सुधार गर्ने
क)  राम्रो सिकाइका लागि राम्रो शिक्षण र राम्रो शिक्षणका लागि राम्रो विद्यालय भन्ने अवधारणाअनुकँल स्थानीय तहको निर्देशनमा सबै विद्यालयले आगामी ६ महिनाभित्र गुणस्तर केन्द्रित विद्यालय सुधार योजना बनाउने।
ख)  सबै शिक्षकले आवधिक शिक्षण तथा सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयन गर्ने।
ग)  विद्यालयको शिक्षण सिकाइ प्रक्रिया र कक्षाकोठाको व्यवस्थापनमा सुधार ल्याई सबै विद्यालयलाई बालमैत्री विद्यालयको रूपमा विकसित गर्ने।
घ)  ‘शैक्षिक गुणस्तर सुधारको थालनी कक्षा १ बाट गरांै भन्ने नाराका साथ तल्ला तहका कक्षाको पठनपाठन र व्यवस्थापनमा विशेष ध्यान दिन विद्यालयलाई प्रोत्साहन गर्ने।
ङ)  कक्षा ६ देखि माथिका प्रत्येक विद्यार्थीलाई सिकाइ सुधार योजना निर्माण गर्न लगाई शिक्षकले सोको नियमित अनुगमन गर्ने
व्यवस्था मिलाउने
११. विद्यार्थी मँल्यांकन प्रणालीमा सुधार गर्ने
क)  हाल भएको निरन्तर मँल्यांकन प्रणालीको कार्यप्रक्रिया सुदृढीकरण गर्ने।
ख)  सुधारात्मक मँल्यांकनका लागि बहुविधि तथा साधनको प्रयोग गरी विद्यार्थीको वास्तविक मँल्यांकन गर्ने।
ग)  निरन्तर मँल्यांकन र सुधारात्मक शिक्षणलाई एकै सिक्काका दुई पाटाको रूपमा विकास गरी विद्यार्थीमा सिकाइ सुनिश्चित गर्ने ‘सिकाइका लागि मँल्यांकन’ भन्ने अवधारणा प्रचलनमा ल्याउने।
घ)  विद्यालय शिक्षामा अक्षरांकन पद्धतिको प्रभावकारिता अध्ययन
गरी प्राप्त सुझावको आधारमा सुधार गर्दै लैजाने।
१२. विद्यार्थीको स्वास्थ्य तथा व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने
क)  विद्यालयले विद्यार्थीलाई स्वस्थ राख्न तथा व्यक्तित्व विकास गराउन खेलकुद, व्यायाम, योग, ध्यानजस्ता क्रियाकलाप प्याकेजको रूपमा सञ्चालन गर्ने।
ख)  विद्यार्थीमा प्रत्येक बिहान योग तथा व्यायम गर्ने बानीको
विकास गराउने।
ग)  विद्यालय वा स्वास्थ्य संस्थामा अर्धवार्षिकरूपमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने।
घ)  सम्पँर्ण विद्यालयलाई हरित क्षेत्रको रूपमा विकास गर्ने। यसका लागि ‘एक विद्यालय एक बगैंचा कार्यक्रम’ सञ्चालन गर्ने।
१३. विद्यालय सुशासन प्रबद्र्धन
क) सबै विद्यालयले तोकिएको ढाँचामा नगारिक बडापत्र राख्ने र सार्वजनिक सुनुवाई प्रभावकारी बनाउने।
ख) विद्यालयमा सामाजिक परीक्षणलाई कार्यतालिकामा आधारित र प्रभावकारी बनाउने।
ग) विद्यालय व्यवस्थापन समितिको काममा स्थानीय सरकारले अनुगमन तथा निरीक्षण गर्ने।
घ) विद्यालयमा सम्पँर्ण कार्यमा पारदर्शिता कायम गर्न प्रत्येक ४ महिनामा विद्यालयले गरेका आर्थिक, भौतिक, शैक्षिक तथा व्यावस्थापकीय कार्य सार्वजनिक गर्ने।
ङ)  स्थानीय सरकारले शैक्षिक सत्रभरिमा न्यँनतम २ सय २० दिन विद्यालय खुल्ने वातावरणको सुनिश्चितता गर्ने।
च)  खास–खास सँचकमा आधारित भएर स्वःमँल्यांकन समेतको प्रयोगबाट विद्यालयलाई उपलब्धिका आधारमा सँचीकृत गर्ने ।
छ)  विद्यालयको कार्यसम्पादन तथा सेवाप्रवाह प्रभावकारिता परीक्षण गरी स्तरीकरण गर्ने र सोको आधारमा दण्ड तथा पुरस्कारको व्यवस्था गर्ने।
१४. विद्यालय र नागरिकबीच सुमधुर सम्बन्ध, सहयोग र सहकार्य
क)  शिक्षक, राष्ट्रसेवक, राष्ट्रिय जीवनका व्यक्तित्व, जनप्रतिनिधिलगायत सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन आह्वान वा अनुरोध गर्ने।
ख)  सामुदायिक विद्यालयमा अध्ययन गरेका लक्षित वर्गका बालबालिकालाई उच्च शिक्षा हासिल गर्नमा विशेष प्राथमिकता र प्रोत्साहन प्रदान गर्ने।
घ)  ‘हामी सुधार्छौं, हाम्रो सामुदायिक विद्यालय’ भन्ने नाराका साथ स्थानीय सरकार, शिक्षक, अभिभावक तथा समुदाय परिचालन गर्ने।
१५. प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधार गर्ने।
क)  प्राविधिक व्यावसायिक शिक्षा र तालिम ऐन (छाता ऐन) तयार गरी समग्र प्राविधिक व्यावसायिक शिक्षा र तालिमक्षेत्रको पुनःसंरचना गर्ने।
ख)  कक्षा ९ बाट सञ्चालन भएको प्राविधिक व्यावसायिक शिक्षा र डिप्लोमा तहको कार्यक्रमको पाठ्यक्रमा समायोजन गर्ने।
ग)  गुणस्तर सुनिश्चितताका लागि प्रक्रिया र अभिलेख अध्यावधिकजस्ता विषयमा अटोमेटेड पद्धति अवलम्बन गर्ने। उदाहरणका लागि विद्यार्थीको अभ्यासको प्रगति मसान्तभित्र इमेल गरिसकेको हुनुपर्ने र सो हुन नसकेका विद्यार्थी, शिक्षक र प्रधानाध्यापकको प्रगतिमा कैफियत जनिने व्यवस्था गर्ने।
घ)  प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको
पहुँच पु¥याउनुका साथै यस्तो शिक्षाका लागि आवश्यक पँर्वाधार निर्माण गर्ने।
१६. विद्यालय नक्सांकन तथा पुनर्वितरण मापदण्ड एवम् कार्यविधि निर्माण गरी स्थानीय सरकारमार्फत सो को कार्यान्वयन गर्ने
क)  विद्यालय एकीकृत गर्ने, नयाँ
खोल्ने र बन्द गर्ने कार्यका लागि संघीय सरकारले ३ महिनाभित्र मापदण्ड बनाउने।
ख)  तोकिएको मापदण्ड र स्थानीय सरकार आफँले बनाएको कार्यविधिका आधारमा भँगोल, जनसंख्या तथा विद्यार्थी संख्यालाई समेत आधार लिई विद्यालय नक्सांकन गरी सेवा क्षेत्र निर्धारण गर्ने।
ग)  साधनस्रोतको मितव्ययी ढंगले परिचालन गर्न विद्यार्थी कम भएका विद्यालयलाई बहुकक्षा विद्यालयमा रूपान्तरण गर्नुका साथै आवश्यकताअनुसार घुम्ती र वैकल्पिक विद्यालयको व्यवस्था गरी
आधारभँत शिक्षामा सबैको
पहुँच सुनिश्चित गर्ने।
घ)  कुनै खास गाउँ वा क्षेत्रमा विद्यार्थी कम भएको र विद्यालय टाढा भएको अवस्थामा निश्चित समय र कक्षामा कुनै विद्यालयले विस्तारित कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने।
१७. विद्यालयमा न्यँनतम भौतिक पँर्वाधारको सुनिश्चितता
क)  स्थानीय सरकारले न्यँनतम भौतिक पँर्वाधार पँरा भएका र नभएका विद्यालयको लगत राखी सो को विवरण केन्द्रमा समेत २०७५ मंसिर मसान्तसम्ममा उपलब्ध गराउने।
ख)  भँकम्पलगायतका प्रकोपबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण सम्पन्न गर्नुका साथै आवश्यक भौतिक पँर्वाधार पँरा गर्ने।
१८. नमुना विद्यालय र आवासीय विद्यालय सञ्चालनलाई विस्तार गर्ने
क)  दुर्गम तथा हिमाली क्षेत्रमा आवासीय सुविधासहितका विद्यालय सञ्चालन तथा विस्तार गर्ने।
ख)  स्थानीय आवश्यकता आधारमा विपन्न, सीमान्तकृत तथा लोपोन्मुख समुदायका बालबालिकाका लागि ( जस्तै चेपाङ, मुसहर) लाई लक्षित गरी आवासीय सुविधासहितका विद्यालय सञ्चालन गर्ने।
ग)  हाल गुरु योजना तयार गरेका २ सय २२ विद्यालयको योजनालाई परिमार्जन गर्न लगाई भौतिक तथा शैक्षिक पँर्वाधारसम्पन्न विद्यालयको सिद्धान्तमा
आधारित नमुना विद्यालय सञ्चालनमा ल्याउने।
घ)  स्थानीय तहमा नेतृत्वदायी तथा पथप्रदर्शक भँमिका खेल्न सक्ने गरी यस्ता नमुना विद्यालय सबै स्थानीय तहमा विस्तार गर्ने।
१९. अनुसन्धान तथा परीक्षणमा आधारित सुधार तथा नवप्रवर्तन
क)  आवधिकरूपमा विद्यालय
तथा शैक्षिक निकायको कार्यसम्पादन परीक्षण गर्ने।
ख)  स्तरीकृत परीक्षणबाट प्राप्त
नतिजाका आधारमा विद्यालय
सुधार योजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने।
२०. शिक्षा, विज्ञान र प्रविधिको एकीकरण
क)  विज्ञानलाई जीवन पद्धतिको रूपमा विकास गर्न तथा वैज्ञानिक सीप र मनोवृत्तिको विकास गर्न शिक्षकले विद्यालय तहमा विशेष पहल थाल्ने।
ख)  विज्ञानलाई वस्तुगतरूपमै आत्मसात्गर्ने गरी शिक्षण सिकाइ प्रक्रियालाई पनि वैज्ञानिक बनाउने।
ग)  कामलाई छिटो, छरितो, व्यवस्थित बनाउन प्रविधिको उपयोगमा विशेष जोड दिने।
घ)  शिक्षामा सँचना तथा सञ्चार प्रविधिको व्यापक प्रयोग गर्ने।
ङ)  भर्चुअल कक्षा र ई लर्निङलाई क्रमशः विस्तार गर्दै लैजाने।
२१. फरक क्षमता भएका बालबालिकाका लागि विशेष सिकाइ अवसर
क)  अपांगता भएका सबै बालबालिकालाई उनीहरूको अपांगताको प्रकृति र स्तरअनुसार विशेष शिक्षा प्रदायक विद्यालय वा साधारण विद्यालयमा
भर्नाको व्यवस्था गर्ने।
ख)  दृष्टिविहीन बालबालिकाका लागि ब्रेल लिपीमा सिकाइ सामग्री उपलब्ध गराउने। दृष्टि कमजोर भएकाका लागि ठँला अक्षरमा लेखिएका पाठ्यसामग्री व्यवस्था गर्ने।
ग)  बहिराका लागि सांकेतिक भाषाका सामग्री, दृष्य सामग्री विकास गरी प्रयोग गर्ने अवसर दिने।
२२. विद्यालय व्यवस्थापन समिति र अभिभावकको भँमिकालाई सबल र प्रभावकारी बनाउने
क)  आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउने तथा नियमितरूपमा विद्यालय पठाउने विषयमा अभिभावकलाई
उत्तरदायी बनाउने।
ख)  अभिभावक विद्यालयको
अभिन्न अंग भएकाले उनीहरूमा सचेतना अभिवृद्धि गर्न अभिमुखीकरण कार्यक्रम विद्यालयले सञ्चालन गर्ने।

प्रतिक्रिया दिनुहोस्