बालबालिकासहित पाँच जनाको शव भेटियो



सिड्नी,(एजेन्सी)
पश्चिम अस्ट्रेलियाको पर्थमा प्रहरीले एउटा घरमा कमितमा पाँच जनाको व्यक्तिको शब फेला पारेकोे स्थानीय अधिकारीहरुले बताएका छन् । केहि शव बालबालिकाको भएके बताइएको छ ।

अनुसन्धानकर्ताहरुले मृतकको यकिन संख्या खुलिनसकेको बताएका छन् । साथै मृतकको उमेर र लिंग समेत पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।
एकजना करिब २० वर्षिय युवकले प्रहरी समक्ष आत्मसमर्पण गर्दै शवका बारेमा जानकारी दिएका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको यथार्थता पत्ता लगाउन आवशयक छानविन गरिरहेको छ ।

ती व्यक्ति र मृतकहरुबिचको सम्बन्धका बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

केहि समय यता विगतको तुलनामा अस्ट्रेलियामा हिंसात्मक घटनामा वृद्धि भएको देखिन्छ । सिड्नीमै केहि दिन अघि मात्र एक पिताले छोरा र छोरीको गोली हानी हत्या गरेर अन्त्यमा आत्महत्या गरेका थिए ।

त्यसैगरी पश्चिम अस्ट्रेलियामा पनि एक जना हजूरबाबुले आफ्नी पत्नी, छोरी र चारजना नातिनातीनाको हत्या गरेर आत्महत्या गरेको घटना प्रहरीले केहि दिन अघि मात्र सार्वजनिक गरेको थियो । संयुक्त राज्य अमेरिका र अन्यु युरोपेली मुलुकको तुलना विगतमा अष्ट्रेलिया बढि शान्त र सुरक्षित राष्ट्र मानिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्