भारत र चीनलाई दिइने सहुलियत रोक्छु: ट्रम्प



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले भारत र चीन जस्ता उदयमान अर्थब्यवस्थालाई दिइने सहुलियत आफुले रोक्न चाहेको बताएका छन् ।
नर्थ डकोटा राज्यको फार्गो सहरमा पार्टी बैठकका क्रममा उनले भने ( अमेरिका पनि एक विकासशिल देश हो । अमेरिका अन्य देशको तुलनामा तिब्र गतिले अगाडी बढुन भन्ने हामीले चाहेका छौं ।

भारत र चीनलाई सहुलियत दिनुलाई उनले पागलपनको संज्ञा दिए । उनले विश्व ब्यापार संगठन (डब्ल्युटिओ)को आलोचना गरे । उक्त बहुपक्षिय ब्यापार संगठनले चीनलाई सदस्य बनाएर उसलाई विश्वको सबैभन्दा ठुलो आर्थिक शक्ती बन्न अवसर दिएको उनले आरोप लगाए ।

ट्र्म्पले भने हामी भारत र चीन जस्ता देशका लागि सब्सिडी दिइरहेका छौं, किनभने उनीहरुलाई विकासशिल देशका रुपमा लिने गरेको छ अर्थात पर्याप्त रुपमा विकसित होइनन् । यो पागलपन मात्र हो ।

भारत, चीन वा अन्य लाभ लिइरहेका सबै वास्तवमा तिब्र गतिमा अगाडी बढिरहेका छन् । यी देशहरु आफुलाई विकासशिल भन्छन र यो श्रेणीमा हुनुको नाताले सहुलियत पाउँछन् । यसका लागि हामीले उनीहरुलाई धन दिनु परिरहेको छ ।

तर अब त्यसतो हुँदैन । हामी यसलाई बन्द गर्न गइरहेका छौं, यस प्रकारले हामी यसलाई बन्द गरिसकेका छौं । अमेरिकालाई पनि त्यहि बर्गमा राखोस भन्ने मैले चाहेको छु । हामी बाँकी अन्य भन्दा अत्यन्त तिब्र अगाडी बढ्न चाहन्छौ ।

प्रतिक्रिया दिनुहोस्