ब्यापार युद्धका बावजुद अमेरिकासँग चीनको ब्यापारमा उल्लेखनिय बृद्धी



बेइजिङ (एजेन्सी)
चीनसँगको ब्यापार युद्धमा अमेरिकाले आफनो ब्यापार घाटा कम गर्नेसम्भावना कमै मात्र देखिएको छ । अमेरिकाको ब्यापार घाटा विगत ५ महिनामा सबैभन्दा उच्च स्तरमा पुगेको छ ।

जुन महिनाको तुलनामा जुलाइमा अमेरिकी निर्यातमा एक प्रतिशतले कमी आउनुले उक्त स्थिति आएको हो । तर अमेरिकाका तुलनामा चीनको निर्यात जुलाइमा गत बर्षको तुलनामा १२ दशमलव २ प्रतिशतले बृद्धी भएको छ । यो स्थिति अमेरिकाले चिनियाँ सामानहरुमाथि अतिरिक्त शुल्क लगाएपछिको हो । चीनको सरकारी अखबार ग्लोबल टाइम्समा अमेरिकासँगको ब्यापार युद्धका विषयमा प्रकाशित एक लेखमा उक्त तथ्य उल्लेख गरिएको हो ।

अमेरिकासँग ब्यापारिक युद्ध शुरु भएपछि चीनको अर्थतन्त्र थप बलियो भएको अखबारले जनाएको छ । यो हुनुको कारणमा चीनको औद्योगिक प्रतिस्पर्धा जिम्मेवार भएको उल्लेख गर्दै अमेरिकी उपभोक्ताले छोटो समयमा चीनका उत्पादनको विकल्प पाउन नसक्ने जनाएको छ । त्यसैले अमेरिकाले भन्सार दर बढाउनुको असर चीनको ब्यापारमा नदेखिएको दावी गरिएको छ ।

अमेरिकासँगको ब्यापार युद्धको पहिलो चरणमा चीनको रणनिति सफल भएको ग्लोबल टाइम्सले लेखेको छ । चीनले पनि अमेरिकी उत्पादनमा अतिरिक्त शुल्क लगाएको छ । अर्को तर्फ चीनले आफनो उत्पादन क्षेत्रलाई पनि मजबुत पारेको छ । जसलाई चीनको अर्थब्यवस्थाको मेरुदण्ड मानिन्छ ।

औद्योगिक तथा उत्पादकहरुलाई आकर्षित पार्न चीनले ब्यापारिक वातावरणलाई राम्रो बनाउनका लागि प्रयास गरिरहेको अखबारले उल्लेख गरेको छ ।

चीनको ब्यापारमा मुनाफा हुनुको मुख्य कारण मेकानिकल तथा इलेक्ट्र्रोनिक उत्पादनको निर्यात भएको अखबारले जनाएको छ । अमेरिकी नितिमाथि ब्यंग गर्दै चीनको उत्पादक क्षेत्र प्रतिस्पर्धी रहेसम्म निर्यातमा कुनै प्रकारको नकारात्मक असर नपर्ने उल्लेख गरेको छ । चीन आफनो तय रणनितिमा गइरहने हो भने ब्यापारिक टेन्सन झेल्न सफल हुने पनि अखबारले उल्लेख गरको छ ।

अगस्टमा अमेरिकासँग चीनको ब्यापारले किर्तिमान ३१ अर्बले विस्तार भएको जनाइएको छ । अमेरिकी अतिरिक्त शुल्क बढाइसकेको अवस्थामा पनि दुई देश बीचको ब्यापारमा देखिएको यो भिन्नता राष्टपति ट्रम्पलाई बेइजिङसँग औद्योगगिक निति विरुद्ध लड्न थप उर्जा मिल्ने अनुमान गरिएको छ ।

अमेरिकामा निर्यात १३ दशमलव ४ प्रतिशतले बढेर ४४ अर्ब ४० करोड पुगको छ । जुलाइमा यो १३ दशमलव ३ प्रतिशत थियो । यस अवधिमा अमेरिकी सामानको आयात ११ दशमलव १ प्रतिशत बढेर १३ अर्ब ३० करोड पुग्यो , जुन अगाडीको महिनाको ११ दशमलव ८ प्रतिशतबाट बृद्धी भएको हो ।

दुई पक्षबीच एक अर्काको ५० अर्ब डलरको सामानमा २५ प्रतिशत भन्सार सुल्क लगाइएको छ । ट्रम्प प्रशासनले यसलाई अर्को २ खर्ब डलरको चिनियाँ सामानको आयातमा अतिरिक्त कर लगाउने निर्णय गर्ने तयारीमा छ । बेइजिंगले यसको बदलामा समान कारवाही हुने बताइसकेको छ ।

 

अखबारले अमेरिकासँग चीनको यो ब्यापार युद्ध कयौं बर्ष सम्म चल्न सक्ने आशंका गरेको छ । ब्यापार युद्धको दोस्रो चरणमा चीनले निर्माण क्षेत्र तथा लगानी रुपान्तरणमा ध्यान दिने छ ।

अमेरिकी ब्यापार युद्धको रणनितिले चीनमा माथि सायदै मात्र असर पर्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ । अमेरिकी रणनितिकै कारण चीन निर्माण क्षेत्रमा महासक्तीका रुपमा उदय हुने पनि अखबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्