अमेरिका: झोलामा पिसाब



वासिंगटन, (एजेन्सी)
विमान भित्रका ेशौचालय डायपर फालिएको कारण जाम भएपछि अमेरिकन एयरलायन्सको हवाई तर्फ उडिरहेको विमानका कर्मचारीले यात्रुहरुलाई प्लास्टिकको झोला र सिसीमा पिसाब फेर्न अनुरोध गरेको कुरा अहिले सार्वजनिक भएको छ ।

गत ३१ अगष्टमा एरिजोनाको फिनिक्सबाट हवाइको कोना तर्फ उडेको तथा कल साइन ६६३ बोकेको सो विमानको यात्रा नारकिय भएको यात्रुहरुले गुनासो गरेका छन् । पिसाब फेर्न निकै हतार भइसकेका एकजना महिला यात्रुलाई फलाइट एटेन्डेन्टले प्लास्टिकको झmोलामा पिसाब फेर्न आदेश दिँदा ति महिलाई असमन्जसमा परेको भिडियो फुटेज पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्