रुस: क्रेमलिन समर्थकको बर्चस्व



मस्को (एजेन्सी)
रुसमा आइतबार भइरहेको स्थानिय चुनावमा क्रेमलिन समर्थक उम्मेदवारहरुले जीत हासिल गर्ने सम्भावना रहेको छ । जेलमा रहेका विपक्ष नेताले देशमा ल्याइएको अलोकप्रिय पेन्सन सुधार विरुद्ध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

मस्कोको मेयर पदको चुनाव सबैभन्दा महत्वपुर्ण र हाइ प्रोफाइल मानिन्छ । तर यस पटकको सबै प्रभावशाली उम्मेदवारलाई चुनावबाट बाहिर पारेका छन् । चुनावमा निवर्तमान सेरगी सोब्यानिनले जित हासिल गर्ने पुर्ण सम्भावना छ । यस बर्षको मार्चमा सम्पन्न राष्टपति चुनावमा भ्लादिमिर पुटिनले सहज जित हासिल गर्दै राष्टपतिका रुपमा चौथो कार्यकाल सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्