राष्ट्रिय महिला भलिवल आजदेखि



काठमाडौं, (नेस)
नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा संचालन हुने राष्ट्रिय महिला भलिबल सोमवार देखि शुरु हुने भएको छ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा ७ टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।

समूह ए मा एपीएफ,नेपाल पुलिस,जाउलाखेल र चितवान टाईगर रहेका छन् भने बीमा शिवम् न्यू डायमण्ड, टप्स मावि र त्रिभुवन आर्मी क्लव रहेका छन । भाद्र २७ गते सम्म संचालन हुने प्रतियोगिताका बिजेताले १ लाख,उपबिजेताले ६५ हजार,तेश्रोले २५ हजार र चौथो स्थान हात पार्नेले १५ हजार नगद प्राप्त गर्ने छन् ।

तिज महोत्सवमा पोखराको लामाचौरमा संचालन हुने प्रतियोगितामा पहिलो संस्करण देखि तेश्रो संस्करण सम्मको बिजेता न्यु डायमण्ड एकेडेमी हो भने चौथो र पाँचौ संस्करणको बिजेता एपीएफ क्लब उपाधि ह्याट्रिकको दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्