ज्ञानोदय र श्रीदिवा सेमिफाइनलमा



काठमाडौं, (नेस)
आयोजक ज्ञानोदय बाल बाटिका स्कुल र श्रीदिवा २५ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले जेम्सलाई ३७–२७ ले पराजित ग¥यो । विजेता टोलीका जोसन रन्जितकारले २३ अंक योगदान गरे । लाक्पा शेर्पाको १८ अंक सहयोगमा श्रीदिवाले विज किड्सलाई ४५–४१ ले हरायो । अन्तिम चारमा ज्ञानोदयको भेट पुष्पसदनसंग हुनेछ भने श्रीदिवाले काठमाडौं जेभियर्सको सामना गर्नेछ ।

अन्य क्वार्टरफाइनलमा पुष्पसदनले ज्ञान निकेतनलाई ५६–५३ तथा काठमाडौं जेभियर्सले एलआरआईलाई ४८–४१ ले पाखा लगाएका थिए । ज्ञान निकेतनका सम्राट भुमिले सर्वाधिक ४३ अंक जोडे पनि टिमलाई जित दिलाउन सकेनन् । काठमाडौं जेभियर्सका सन्जिव मगरले २३ अंक बटुले ।

गल्र्सतर्फ इनोभेटिभले मल्पीलाई ४२–२२ ले र रिलायन्सले स्वप्नवाटिकालाई २०–९ ले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरे । अन्तिम चारमा इनोभेटिम र श्रीदिवा तथा रिलायन्स र जेम्सबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्