एलआरआई र लोयल्टीको जित



काठमाडौं, (नेस)
एलआरआई र लोयल्टी एकेडेमीले छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात परेका छन् ।

स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा एलआरआईले हिमालयनलाई ३३–५ ले सहजै पराजित ग¥यो । एलआरआईको जितमा जिग्मी शेर्पाले १६ अंक योगदान गरे । तेन्जिङ शेर्पाको १२ अंक सहयोगमा लोयल्टीले माउन्ट ग्लोरीलाई २६–५ ले हरायो ।

सिनियर ब्वाइजमै पिपुल्स एकेडेमीले हार्वर्डलाई ३९–६ तथा द एक्सेल्सियर स्कुलले नेपालयलाई ४७–४४ ले पन्छाए ।

प्रतिक्रिया दिनुहोस्