नाफा सुरक्षित गर्न हतार गर्दा नेप्सेमा उच्च गिरावट



काठमाडौं, (नेस)
अल्पकालीन नाफा सुरक्षित गर्न खोज्दा पुँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साता शेयर बजारमा देखिएको सुधारसँगै लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ७९ बिन्दँले घटेर १२१८ दशमलव ९८ बिन्दँमा झरेको छ ।

लगातारको गिरावटका कारण उतालिएका लगानीकर्ता अघिल्लो साता भएको सुधारपछि उत्साहित भएका थिए । बजार सुधारोन्मुख देखिएपछि छोटो समयमै नाफा सुरक्षित गर्ने चाप बढ्दा नेप्सेमा गिरावट आएको सरोकारवाला बताउँछन् ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि न्यँन रहेको कँल १६६ कम्पनीको १२ लाख ७२ हजार १०८ कित्ता शेयर ३२ करोड ७० लाख २५ हजार ७४१ मूल्यमा खरिद बिक्री भएको छ । यद्यपि, यो अघिल्लो साताको अन्तिम कारोबारभन्दा थोरै बढी हो ।

सबै समूहकमा गिरावट आएको दिन बैंकिङ समूह ७ दशमलव १६, व्यापार समूह शँन्य दशमलव ४२, होटल समूह ४ दशमलव २३, विकास बैंक समूह १५ दशमलव ३२, जलविद्युत् समूह १४ दशमलव ४३, वित्त समूह १ दशमलव शँन्य ३, निर्जीवन बीमा समूह ८५ दशमलव ९४, उत्पादन ६ दशमलव ८१, अन्य समूह ८ दशमलव शँन्य ८, माइक्रोफाइनान्स समूह २४ दशमलव ९३ र जीवन बीमा समूह ६७ दशमलव ४२ विन्दुले घटेको छ ।

आइतबार कारोबार रकममा एनआईसी एसिया बैंकले अग्रता लिएको छ । एनआईसी एसियाको २ करोड ५३ लाख रुपियाँभन्दा धेरैको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबि बैंक र कुमारी बैंक परेका छन् ।

समग्र परिसँचकमा गिरावट आए पनि जानकी फाइनान्सका लगानीकर्ताले भने उच्च फाइदा गरेका छन् । २२ प्रतिशत बोनस शेयर घोषणा गरेको जानकी फाइनान्सले शेयरमूल्य सबैभन्दा बढी करिब १० प्रतिशतले बढेको थियो । त्यस्तै ग्रीन डेभलपमेन्ट बैकको शेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतकै हाराहारीमा घटेको छ ।

आइतबार ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचकसमेत २ दशमलव १९ बिन्दँले घटेर २५८ दशमलव १६ बिन्दँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्