साक्षरताको विषयमा सोचौं



चार दशकदेखि मनाइरेको साक्षरता दिवस खासै प्रभावकारी भएको पाइएको छैन । सूचना प्रविधिको पहुँच वृद्धि हुँदै जाँदा यस वर्ष ‘डिजिटल संसारमा साक्षरताको महत्व’ भन्ने मूल नारासहित सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाएका छन् ।

नेपालमा ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श नाराका साथ वि.सं. २०३१ देखि राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको थियो । तर सरकारले सोचेजसरी निरक्षरता उन्मूलन गर्न सजिलो छैन । पूर्णसाक्षर जिल्ला घोषणा गर्ने होडबाजी चले पनि यथार्थ भने फरक हुनसक्छ ।

सरकारले सञ्चालन गरेको साक्षरता अभियानले साक्षरता प्रतिशत बढाउन केही सहज भए पनि निरक्षर उन्मूलनचाहिँ चुनौतीकै विषयका रुपमा देखा परेको छ । अहिले पनि पूर्णसाक्षर जिल्ला घोषणाको क्रम जारी छ ।

तर, साक्षर जिल्ला घोषणाको दौडमा तथ्यांक बढाइएको, साक्षरता घोषणा गरिएअनुसारको सुधार गाउँमा नदेखिएको गुनासो पनि आइरहेकै छ । सरकारको महत्वाकांक्षी घोषणालाई सार्थक बनाउनकै लागि मात्रै निरक्षरहरुलाई रातारात साक्षर बनाइनु विडम्बनाकै कुरा हो ।
– रञ्जना पछाईं, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्