के ठिक, के बेठिक ?



खैं कतिवटा दल गाभिएर एउटै कम्युनिष्ट पार्टी बन्या छ, नेकपा । नेता धेरै भएपछि पदको बाँडफाँड गर्न सो पार्टीलाई धेरै समय हम्मे हम्मे परेकै हो । त्यहि भएर त दुई जना अध्यक्ष छन् । दुई अध्यक्ष भएपछि बारम्बार दुई थरी तर्क आइरहन्छन् ।

प्रचण्ड अस्ती दिल्ली जानु अघि पत्रकारहरुलाई खुमलटार बंगलामा चुल्है निम्तो दिए । अनि भने–‘सकारको कार्यशैली जन अपेक्षा अनुसार हुन सक्या छैन, केहि मन्त्रीहरुको जिम्मेवारी चाँडै हेरफेर हुँदैछ ।’ उनी दिल्ली पुग्ने वित्तिकै अर्का अध्यक्ष ओलीले बोले–‘तत्काल मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन्न ।’ अनि दिल्ली दर्शन गएर आइतवार स्वदेश फर्किएका कम्रेड प्रचण्डले भने–‘प्रधानमन्त्रीज्यूले जे भन्नुभयो त्यहि हुन्छ ।’

एउटै मान्छेको त दुई जिब्रा हुन्छ भन्छन्, दुई अध्यक्ष भएसी चारजिब्रा भएर यस्तो तर्क सुन्नु प¥या हो कि ? यसरी एउटै जिम्मेवारीमा रहेका कम्रेडबाट दिनै पिच्छे फरक–फरक तर्क सुनेपछि धरहरा मात्रै होइन, पाठकवृन्दहरुलाई पनि पक्कै अलमल भएको हुनुपर्छ । कि दिल्लीमा दिक्षित भएसी कम्रेड प्रचण्ड रातारात ओलीको बोलीमा समर्थन जनाउन थाल्या हुन् ? जवाफ चाहिँ पाठकवृन्दहरुबाट पाऊँ है !

प्रतिक्रिया दिनुहोस्