इजिप्ट: ७५ लाई मृत्युदण्ड



कायरो (एजेन्सी)
इजिप्टको अदालतले सन् २०१३ को विरोध प्रदर्शनसँग जोडेको घटनामा ७५ जनालाई मृत्युदण्ड सुनाएको छ । अदालतले उक्त फैसला सन् २०१३ मा पुर्व राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकले गरेको हिँसात्मक विरोध प्रदर्शनको मुद्दामा सुनाएको हो ।

उक्त घटनामा ७ सय भन्दा बढीलाई अभियुक्त बनाइएको थियो । कायरोमा भएको उक्त प्रदर्शनका क्रममा सुरक्षा बलले कम्तिमा ८ सयजनालाई मारेका थिए । दर्जनौंलाई आजिवन कारावासको सजायँ सुनाइएको छ । एम्नेस्टी इन्टरनेसनलले अदालतको उक्त फैसलाको निन्दा गरेको छ । उक्त घटनामा एक जना पनि प्रहरी अधिकारीलाई सजायँ नहुनु हास्यास्पद भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्