थापालाई प्रधान सेनापतिको दज्र्यानी चिन्ह



काठमाडौ । नेपाली सेनाको ४३ औं प्रधानसेनापतिमा नियुक्त हुनु भएका पुर्णचन्द्र थापालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आईतबार आयोजित बिषेश समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । राष्ट्रपति भण्डारी सेनाको परमाधिपति हुनुहुन्छ ।

गौरवमय इतिहास बोकेको नेपाली सेनाको प्रधानसेनापति बन्न सफल हुनु भएका थापालाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो ।

भदौ ३ गते बसेको मन्त्री परिषदको बैठकले कामु प्रधानसेनापति थापालाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्चात उहाँले आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको थियो । नवनियुक्त प्रधानसेनापति थापाले सैनिक मञ्च टुडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गरी सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

२०१७ भादौ २५ गते लमजुङमा जन्मनु भएका प्रधानसेनापति थापा २०३७ मंसिर २७ गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नु भएको थियो ।

शान्ति स्थापना कार्यमा सिरियास्थित संयुक्त राष्ट्रसंघको अनडफ मिसन प्रमुख तथा फोर्स कमाण्डर जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नु भएका प्रधानसेनापति थापाले स्वदेशमा पनि गुल्म, गण, बाहिनी, पृतना जस्ता नेपाली सेनाका महत्वपूर्ण जिम्मेवारीहरुको सफलतापूर्वक कमाण्ड गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्