बेगनास तालमा डुवेर हराई रहेका ६ जनाको शव फेला पर्यो



कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका ३१ स्थित बेगनास तालमा हिजो भएको डुंगा दुर्घनामा परी हराई रहेका ६ जनाको शव एपीएफ टोलीले उक्त तालबाट आज निकालेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक केदारनाथ सापकोटाको कमाण्डमा खटिएको गोताखोरसहितकोे एपीएफ टोलीले उनीहरुको शव निकालेको हो ।

एपीएफ टोलीले हराई रहेका व्यक्तिहरुको खोजी गर्ने क्रममा सोही महानगरापलिका २८ कालिका स्थान बस्ने २० वर्षिय मनिषा बजगाई, ऐ महानगरपालिका ३१ बस्ने ५ वर्षिय प्राचिन पौडेल, तनहुँ जिल्लाको भिमाद नगरपालिका ५ बस्ने ३२ वर्षिय रवि खनाल, ५ वर्षिय रञ्जित गैरे, नवलपरासी जिल्लाको गैडाकोट बस्ने वर्ष ८ का शंकर खनाल र ६ वर्षिय शिव खनालको शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्