रोल्पामा गोली प्रहार ः तरुण दल अध्यक्षको मृत्यु



महेश न्यौपाने÷रोल्पा
रोल्पाको सुलिचौरमा आज दिउसो भएको गोलि प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटीका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ ।
सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा खाजा खादै गरेका अध्यक्ष पुनलाई एक्कासी गोलि प्रहार गरिएको वताइएको छ । पोस्तोलवाट प्रहार गरिएको गोलि लागि अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्सीले वताएका छन । छातिमा २ र पेटमा १ गोलि लागेका पुनको घटना स्थलमै मृत्यु भएको वताइएको छ ।
अध्यक्ष पुनको लास हाल प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको प्रहरीले वताएको छ । अध्यक्ष पुनलाई कसले कुन उद्धेश्यले गोली प्रहार गरेको हो भन्ने वारे हालसम्म खुल्न नसकेको वताइएको छ ।
ईलाका प्रहरी कार्यालय सुलिचौरको सामुन्ने गोलि प्रहार भए पनि प्रहरीले भने अपराधी पक्राउ गर्न सकेको छैन । गोलि प्रहार गरि भाग्ने समूहको खोजी कार्य तिव्रताका साथ भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
पुन केही महिना अघि नेपाल तरुण दल रोल्पा नगरपालिकाको अध्यक्षमा चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्