टहरामा आगलागी हुँदा एक लाख ७० हजार क्षति



काठमाडौं ।
टहरामा आगलागी हुँदा एक लाख ७० हजार क्षति भएको छ । काठमाडौं महानगरपालिका ९ सिनामंगल गैरीगाउँ स्थित बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा रहेको टिनले छाएको टहरामा बालीराखेको दियोबत्तीबाट सल्किएको आगोले सो टहरामा आगलागी भएको र उक्त टहरासँगै रहेको अर्को एक टिनले छाएको टहरा समेत जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ ।

आगलागी आज दिउँसो करीव १ बजे भएको हो । उक्त आगलागी एपीएफ टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका हुन् ।

सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा (विपद् उद्धार) काठमाडौं नम्बर २० गणबाट सशस्त्र प्रहरी उपरीक्षक राघवसिंह थापाको कमाण्डमा ९० जनाको विपद् उद्धार टोली गई आगलागी नियन्त्रणमा जुटेको थियो ।

एपीएफ टोलीले जुद्ध बारुण यन्त्रको कार्यालयबाट गएको एउटा दमकलको सहयोगमा सो आगलागी तत्कालै नियन्त्रणमा ल्याएपछि अन्य बाँकी टहराहरुमा आगो फैलन नपाई थप क्षति हुनबाट जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्