कुशे औसीमा वडा अध्यक्षले गरे आफ्नो तलबबाट विद्यालयमा अक्षयकोष स्थापना



विनोद सिंह विष्ट, बैतडी ।
शैक्षिक गुणस्तरमा सुधार ल्याउन तथा गरिब,जेहेन्दार विद्यार्थीलाई सहयोग गर्नको लागी बैतडीको पाटन नगरपालिका ९ का वडा अध्यक्ष लोक बहादुर भण्डारी(लोकेन्द्र)ले आफ्नो तलबवाट स्थानीय एक विद्यालयमा “वडा अध्यक्ष” नामक अक्षयकोष स्थापना गरेका हुन् । अध्यक्ष भण्डारीले आज कुशे औसीको अवसर पारेर आफ्नो चालु आर्थिक बर्षको पहिलो एक महिनाको तलबभत्ताको रकमबाट सिद्धेश्वर मावि हुक्केडाँडामा अक्षयकोष स्थापना गरेको हो । भण्डारीले आफ्नो एक महिनाको तलब २२हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । स्थापना गरिएको अक्षयकोषको उक्त रकमको १ बर्षको ब्याज उत्कृष्ट बिद्यार्थीलाई पुरुष्कार दिइनेछ । यसरी बिद्यार्थीहरुमा प्रतिस्पर्धा बढ्ने र पढाईको गुणस्तर बृद्धि हुने सिद्धेश्वर माध्यमिक बिद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पे्रम भाटले बताए । अक्षय कोषबाट आएको ब्याजको रकम रकम बिद्यालयले बार्षिकोत्सवका दिन उत्कृष्ट बिद्यार्थीलाई प्रदान गर्ने जनाईएको छ ।

यसैबिच अक्षयकोष स्थापना समारोहमा बोल्दै भण्डारीले वडाभित्र रहेका अन्य ३ विद्यालयमा समेत क्रमस एक एक महिनाको तलबवाट अक्षयकोष स्थापना गर्ने बताए । वडाभित्र रहेका ज्ञानेश्वर मावि विजयपुर, सरस्वती आधारभुत विद्यालय किचार र जनप्रिय आधारभुत विद्यालय कक्स्यालीमा पनि क्रमश अगामी महिनादेखि एक एक महिनाको तलबबाट अक्षयकोष स्थापना गरिने उनले बताए ।
यस्तै सिदेश्वर मावि हुक्केडाँडाले कुशे औसीको अवरि पारेर ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । कुसे औसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा आज सिद्धेस्वर माद्यमिक बिद्यालय पाटन नगरपालिका ९ हुक्केडाडा बैतडीले ८जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडाभित्र रहेका जेष्ठ नागरिकहरुको बिद्यालय स्थापनामा महत्वपुर्ण भुमिका रहेको भनि दोसल्ला ओढाएर फलफुल खान दिई सम्मान गरिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेमसिहं भाटले बताए । बिद्यालयले बिगत ३बर्ष देखि आमाको मुखहेर्ने दिनमा महिला जेष्ठ नागरिक र बुवाको मुख हेर्ने दिनमा पुरुष जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्