६० वटा निर्माण कम्पनीको लाईसेन्स् स्वतः खारेज



नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले ६० वटा निर्माण व्यवसायीको व्यवसाय इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तोकिएको समयभित्र निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकोले स्वःत खारेज भएको हो ।
निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम दफा ५ कै उपदफा २ बमोजिमको म्याद नाघेको मितिले ६ महिनाभित्र इजाजतपत्र नवीकरण गराउन चाहने निर्माण व्यवसायीले तोकिए बमोजिमको थप दस्तुर तिरी तोकिए बमोजिम इजाजतपत्र नविकरण गराउन सक्नेछ भनिएको छ ।
सोही ऐनको दफा ५ को उपदफा ३ बमोजिमको म्यादभित्र नबीकरण नभएको निर्माण व्यवसाय इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ ।
मन्त्रालयले खारेज भएका कम्पनी÷फर्महरुको कुनै बाँकी दायित्व रहे सो कम्पनीको मालिकमा रहने गरी स्वतः खारेज भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्