अष्ट्रियाको राजधानी भियनामा तीज विशेष कार्यक्रम सम्पन्न



काठमाडौँ ।
एन।आर।एन।ए (एन.सी.सी महिला फोरम अष्ट्रिया) को आयोजनामा अष्ट्रियाको राजधानी भियनामा तीज विशेष कायक्रम हिजो शनिवार सम्पन्न भएको छ । उक्त कार्यक्रम अष्ट्रियास्थित राष्ट्र संघका स्थायी प्रतिनिधि एवम् नेपाली राजदुतावासको तर्फबाट नेपाली राजदुत महामहिम प्रकाश कुमार सुवेदीको प्रमुख अतिथि र म्याडम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अष्ट्रियामा दशौँ वर्ष देखि बसोबास गर्दै आएका नेपाली महानुभावहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न गीत संगीतको प्रस्तुति राख्नुका साथै स्वादिष्ट भोजनको पनि व्यवस्था रहेको थियो ।

अति नै उल्लासपूर्ण वातावरणमा भएको उक्त कार्यक्रममा त्यहाँ उपस्थित सम्पैर्ण महिलाहरुले तिज गीतमा नाच्नुका साथै तिजको शुभकामना आदानप्रदान पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्