सहयोग संकलनवाट बलात्कृत बालिकाको उपचार



महेश न्यौपाने, रोल्पा ।
केही दिन अघि आफन्तवाट बलात्कृत रोल्पा नगरपालिका ३ खुमेलकी साढे ६ बर्षिया बालिकाको आर्थिक सहयोग संकलन गरि स्वास्थ्य उपचार सुरु गरिएको छ । कमजोर आर्थिक अवस्था रहेका परिवारले उपचार गर्न नसक्ने भएपछि आर्थिक सहयोग संकलन मार्फत उपचार थालिएको हो ।

स्थानीय युवाहरुको समूहले पिडित वालिकाको उपचारमा सहयोग संकलन गर्ने भन्दै एक समिति समेत गठन गरि सहयोग संकलन समेत गरेको छ । सो समूहले आर्थिक संकलन गरि पिडित वालिकाका आफन्तलाई हस्तान्तरण गरेको वताइएको छ । स्थानीय शिक्षक महेन्द्र रोकाको नेतृत्वमा रहेको १५ सदस्यीय उक्त टोलीले संकलन गरेको २७ हजार १ सय १५ रुपैयाँ वडाध्यक्ष ईन्द्रबहादुर थापा मार्फत पीडितका परिवारलाई हस्तान्तरण गरेको हो । आर्थिक अभावमा वालिकाको उपचार हुन नसक्ने देखिएकाले सहयोग संकलनमा जुटेका हौ शिक्षक महेन्द्र रोकाले भने । उठेको रकमले वालिकाको आतिआवश्यक स्वास्थ्योपचार हुन्छ थप उपचारका लागि अन्य सहयोगीहरुले समेत चासो देखाएका छन शिक्षक रोकाले भने ।

वलात्कृत बालिकाको उपचारमा संलग्न डाक्टरले पाँचदिन पछि पुनः चेकअपका लागि वोलाए पछि पैसाको अभावमा वालिकाका अभिभावक समस्यामा परेका थिए । उपचारका लागि वालिकालाई जिल्ला वाहिर लानु परेका कारण परिवारलाई थप आर्थिक भार परेको थियो । आर्थिक अवस्था कमजोर रहेका वालिकाका अभिभावक समस्यामा देखिएका कारण आफुहरुले आर्थिक संकलन गरेका शिक्षक रोकाले वताए ।

पीडित वालिका लाई सहयोग गर्नेहरुको संख्या पनि थपिदै गएको वताइएको छ । बलात्कृत बालिकाको उपचारका लागि नेपाल रेडक्रस सोसाइटी रोल्पाले निशुल्क एम्बुलेन्सको व्यवस्था गरि स्वास्थ्य संस्था पु¥याउन सहयोग गरेको छ । यसैगरि मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले २५ हजार रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको वताएको छ ।

गैर सरकारी निकाय र व्यक्तिगत रुपमा वालिकाको सहयोगी हातहरु अघि वढ्न थाले पछि स्थानीय सरकार र प्रशासनले समेत आर्थिक सहयोग गर्न थालेको वताइएको छ । नगरपालिका भित्रै यस्तो घटना घटेको भन्दै रोल्पा नगर कार्यपालिकाको वैठकले वालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको रोल्पा नगरपालिकाका प्रेस संयोजक देवी गुरुङले जानकारी दिईन । जिल्ला प्रशासन कार्यालय रोल्पाले समेत आन्तरिक कोषबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको वताइएको छ ।

आफ्नै हाडनाताको छिमेकीवाट वलात्कृत भएकी वालिकाले आफु वलात्कारमा परेको अभिभावकलाई भनेकी थिईनन । वलात्कार भएपछि विरामी परेकी वालिकालाई उपचारमा संलग्न स्वास्थ्यकर्मीले वलात्कार भएको रिपोर्ट दिए पछि अभिभावकले थाहा पाएका हुन । स्वास्थ्यकर्मीको रिपोर्ट पछि घटनावारे वालिकाले अभिभावकलाई जानकारी गराएपछि मात्रै प्रहरीमा उजुरी गरेको वताइएको छ । विछिप्त अवस्थामा रहेकी वालिकालाई थप उपचार गर्नु पर्ने स्वास्थ्यकर्मीले सुझाव दिए पछि अभिभावकले आर्थिक सहयोगको याचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्