डंगोल र थापा सम्मानित



लामो समयदेखि नेपाली लोक संगीत प्राध्यापन गर्दै आएका लोक वाद्यवादक न्हुच्छेबहादुर डंगोल र लोकगायिका तीर्थकुमारी थापालाई सम्मान गरिएको छ।
नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएकी सहप्राध्यापक नेपाली लोक संगीतरललितकला क्याम्पस तथा गायिका शोभा तिवारी लोहनीको ६६औं जन्मजयन्तीको अवसरमा उक्त सम्मान गरिएको हो। शोभा अर्जुन संगीत कोष र नेपाली लोकबाजा संग्रहालयको संयुक्त आयोजना तथा सांस्कृतिक संस्थानको सहआयोजनामा सम्पन्न कार्यक्रममा लोहनीद्वारा गाइएका केही गीत श्रद्धाञ्जलिस्वरूप उहाँकै विद्यार्थी तथा सांस्कृतिक संस्थानका कलाकारद्वारा प्रस्तुत गरिएको थियो। कार्यक्रममा कालजयी राष्ट्रिय गीत नेपाल जननी बन्देलगायत आधुनिक गीत जसलाई मैले जिन्दगी ठानें, बुझ्नै कठिन भइसक्यो, सधैं हरिलो सधैं भरिलोलगायतका विभिन्न गीत प्रस्तुत गरिएको थियो। साथै लोहनीले गाएका गीत सँगालिएको गीतिसंग्रह संगीत र समर्पण पनि विमोचन गरिएको छ। कार्यक्रममा गायिका शोभा तिवारी लोहनीको जीवनमा आधारित निर्माणाधीन वृत्तचित्र शोभाका स्मृतिका केही झलक पनि प्रस्तुत गरिएको थियो। राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा गायिका लोहनीका परिवार ९दुई छोरी र छोरा बुहारी० ले उनको स्मृतिमा स्थापना गरेको शोभा अर्जुन संगीत कोषको समेत घोषणा गरियो। उक्त कोष यसै वर्षदेखि स्थापना गरिएको हो। सो कोषको राशि २ लाख रुपियाँ रहेको छ। कार्यक्रम संस्कृतिविद् तथा लोकवार्ताविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको हो।

प्रतिक्रिया दिनुहोस्