रुसी शिखर वार्तामा चीन र उत्तर कोरिया



बेइजिंग,(एजेन्सी)
चिनियाँ राष्ट्रपति सि जिनपिंगले आगामीे साता रसियामा आयोजना हुन गइरहेको क्षेत्रीय शिखर सम्मेलनमा सहभागीता जनाउन लागेको चिनियाँ विदेश मन्त्रालयले शुक्रवार जनाएको छ । सो सम्मेलनमा जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी हुने चिनिया रसकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ । उक्त सम्मेलनमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनलाई पनि आमन्त्रण गरिएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली नेता किमलाई रुसको भ्लादिभोस्तकमा यही सेप्टेम्बर ११–१३ आयोजना हुन लागेको सो पूर्वी आर्थिक मञ्चमा भागलिन आमन्त्रण गरेका हुन् । किमले भने आफुले यस बैठकमा भाग लिने नलिने भन्नेवारे अझैसम्म केहि प्रतिक्रिया व्यक्त गरेको छैन । यदि उनले यसमा सहभागिता जनाएको खण्डमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्योंगयांगको उपस्थिति बलियो हुनेछ राजनीतिक विशल्ेषकहरुको भनाइृ रहेको छ ।

चिनिया अधिकारीहरुले यस सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति सी जिन्पिंगले अन्य मुलुकका नेताहरुसँग छुटाछुटै भेटवार्ता गर्ने वा नगर्ने स्पष्ट भइनसकेको बताएका छन् ।

तर चिनिया विदेश सहायक मन्त्री झाङ हानहुइले यदि अन्य मुलुकबाट भेटघाटका लागि प्रस्ताव आएमा त्यसलाई सकारात्मक रुपमा लिइने बताएका छन् । यसैवर्ष मात्र उत्तर कोरियाली नेता किमसँग राष्ट्रपति सिले तीन पटक भेट गरेका छन् ।

उत्तर र दक्षिण कोरिया बिच तथा उत्तरकोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच १२ जुलाईमा सेप्टेम्वरमा ऐतिहासिक भेटवार्ता हुनु अघि सि र किमबिच गोप्य भेटघाट भएको थियो ।

यसैबिच राष्ट्रपति सिले चिनियाँ वरिष्ठ सांसद लि झान्सुलाई केहि समय अघि उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा सहभागी हुन प्योंगयांग पठाएका छन् । सो वार्षिकोत्सवमा चिनिया राष्ट्रपति सि स्वयमको सहभागीता हुने धेरैले अनुमान गरेका थिए ।

यता उत्तर कोरियासंगको विशेष सम्बन्धका लागि ‘रोलर–कोस्टर कुटनीति’ अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता अझै जिवितै रहेको संकेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्