मुटुको आयु जाँच्न अनलाइन टेस्ट



लन्डन,(एजेन्सी)
पब्लिक हेल्थ इंगल्यान्डले तिस वर्ष उमेर नाघेका वेलायतीहरुलाई आफ्नो मुटुको आयु थाहा पाउन अनलाइन टेस्ट गराउन आब्हान गरेको छ ।

यस परिक्षणले तिनीहरुलाई ह«दयाघात वा मस्तिष्कघात हुने खतरा छ वा छैन भन्ने संकेत दिन्छ । स्वास्थ विशेषज्ञहरुले यदि मुटुको स्वास्थलाई सुधार गरिएको खण्डमा ७५ वर्ष उमेर मुनिका मानिसहरुको ह«दयाघात वा मस्तिष्कघातलाई करिव ८० प्रतिशतले रोकन सकिने बताएका छन् ।

तिनीहरुको अनुमान अनुसार अस्वस्थ जीवनशैलीको कारण पााचजना मध्ये चार जना वयस्कको अकालमा मृत्यु हुने खतरा रहेको छ । मानिसहरुले धुमपान त्यागेर स्वास्थ आहार सेवनगर्नुका साथै प्रशस्त व्यायाम गर्नुपर्दछ ।

यो परिक्षणले कसैलाई ह«दयाघात हुन गइरहेको छ वा छैन ठोकुवा गरेरै भन्न सक्तैन तर यसले स्वास्थवर्धक परिवर्तनका लागि भने पक्कै घचघच्याउन सक्छ । यो परिक्षण गराएका ६९ वर्षिय डेविड ग्रिनले आफ्नो अनुभव वीवीसीलाई यसरी सुनाउँछन्, ‘ परिक्षण पछि मलाई मेरो मुटु म भन्दा १० वर्षले बुढो भएके बताइयो ।

तर जति दुख लागेपनि आखिर मैले यसलाई कारात्मक रुपमा लिएर परिस्थितीलाई उल्टाउन केहि गर्ने सोचें । म आत्तिएँ , अब केवल एक दुई वर्ष बढि मात्र बाँच्छु होला भनी सोचें ।

तिनीहरुले समयमै उपाय अपनाइउन भने मैले पेन्सनको मुख पन नदेख्ने भनी तर्साए । ’ विशेषगरी मोटोपना , अस्वस्थ आहार , व्यायामको कमि र उच्च रक्तचाप जस्ता कुराले मुटुमा समस्या आउन सक्न ेहो । तर ति समस्यामुलक स्थितीलाई परिवर्तन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्