विश्वभरि शारिरीक रुपमा निष्क्रियको संख्यामा वृद्धि



लन्डन,(एजेन्सी)
विश्वभरि मानिसहरुको शारिरीक निष्कृयताको स्तरलाई घटाउने कार्यमा निकै थोरै मात्र प्रगति हासिल भएके छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) कूल जनसंख्याको पचिस प्रतिशत भन्दा बढि अर्थात करिव १ अर्व ४० लाख मानिसले आवश्यक मात्रामा शारिरीक व्यायाम गर्ने गरेका छैनन् ।

सन् २००१ यता यस तथ्यांकमा सुधार आएको छैन । शारिरिक निष्क्रियताकै कारण मुटुको रोग , टाइप – २ डायविटिज र केहि क्यान्सर जस्ता स्वास्थ समस्याहरुको खतरा बढाउँछ । संयुक्त अधिराज्य लगायत उच्च आयश्रोत भएका राष्ट्रहरुमा यो समस्या बिद्यमान रहेको छ ।

एसियाका दुई वटा क्षेत्रबाहेक विश्वभरिनै महिलाहरु पुरुषको तुलनामा अझै बढि शारिरीक रुपमा निष्क्रिय रहने गरेको पाइएको छ । दि लान्सेट ग्लोवल हेल्थका लागि गरिएको अध्ययनमा डब्ल्युएचओका अनुसन्धानकर्ताहरुले १ सय ६८ वटा राष्ट्रका १९ लाख मानिसमाथि लिइएको ३ सय ५८ वटा सर्भेक्षणबाट प्राप्त स्वयम उपलब्ध गराइएका तथ्यांक माथि विश्लेषण गरेका थिए ।

तिनीहरुले उच्च आय आर्जन भएका राष्ट्रहरु जस्तै संयुक्त राज्य अमेरिका र वेलायतमा निष्क्रिय मानिसहरुको संख्या २००१ मा ३२ प्रतिशत रहेकोमा न् २०१६ मा ३७ प्रतिशत पुगेको छ । तर निम्न आय भएका मुलुकमा भने यो संख्या १६ प्रतिशतमै स्थिर रहेको छ ।

एक सातामा १ सय ५० मिनेट भन्दा कम समय सामान्य व्यायाम गर्ने वा ७५ मिनेट कडा व्यायाम गर्नेहरुलाई शारिरीक रुपमा निष्क्रिय सुचिमा राखिएको छ । यस्तो समस्यामा वृद्धि हुँदै गएका मुलुकमा जर्मनी , न्युजिल्यान्ड र अमेरिका रहेका छन् । पुर्वी र दक्षिण पुर्वी एसियामा बाहेक अन्य सबै स्थानमा पुरुष भन्दा महिला शारिरीक रुपमा बढि निष्क्रिय रहेका ेपाइएको छ ।

प्रतिक्रिया दिनुहोस्