अमेरिका: पूर्वसल्लाहकारलाई जेल



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार ३१ वर्षीय जर्ज पापाडोपलसलाई अमेरिकाको वाशिंगटन डिसी स्थित अदालतले झूट बोलेको अभियोगमा चौंध दिन लामो कारावास सजाय सुनाएको छ ।

उक्त सजायअनुसार पापाडोपलसले दुई सय घण्टा सामुदायिक सेवा गर्नु पर्ने र आर्थिक जरिवाना स्वरुप साढे नौ हजार डलर तिर्नु पर्ने बताइएको छ । शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम गरेका थिए । मस्कोका आरोपित मध्यस्थकर्तासँगको भेटघाट सम्बन्धमा एफबिआइसंग झूट बोलेकोमा उनी दोषि ठहरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्