बधाई ओली बन्धुलाई



बालुवाटार, काठमाडौंको मध्य भेग चिनाउने थलो । यही ठाउँमा प्रधानमन्त्री निवास रहेपछि त्यो कुनै ठाउँ हो कि प्रधानमन्त्री निवास छुट्याउँदै गाह्रो । प्रधानमन्त्रीको यो सरकारी निवास प्रायः पार्टीको मुख्यालय झैं देखिन्छ भन्या, अनि कहिले चाहिँ विद्यार्थी संघ/संगठनको कार्यालय र कहिले चाहिँ पार्टीको पिकनिक स्पट झैं देखिन्छ ।

हिजो शनिवार त्यहाँ ठूलै तामझाम सहित बंशिय भोज आयोजना गरियो । ओली बंश अक्षय कोषले देशभरीका ओली बन्धुलाई भोज भतेरमा सहभागी हुन उर्दी जारी गरेपछि बालुवाटर ओलीमय बन्यो । सो बंशको बार्षिक साधारणसभा पनि त्यहि भयो । सम्मान, पुरस्कार वितरण र नाचगान त्यहि, चन्द्रमा दाहिने भएसी यस्तै हो, प्रधानमन्त्री निवासमा साधारणसभा ।

पीएम ओली, पत्नी राधिका अनि ओलीका बालाई कोषले सम्मान ग¥यो । सो सम्मान बालुवाटार जमघट गराउन ठूलो योगदान पु¥याए वापतको हो भन्ने धरहराले प्रष्ट बुझ्या छ । बालुवाटार भोजसँगै कोषका वर्तमान कार्यसमिति फेरी अर्को कार्यकालका लागि सर्वसम्मत् रुपमा दोहोरिने कन्र्फम ।

अनि पीएम ओलीले पनि केही दिनमा भन्न बेर छैन–‘मैले देशैभरी छरिएर रहेका ओली बन्धुलाई एकै ठाउँ जमघट गराए, बालुवाटार जमघट अहिलेसम्मकै बृहत भयो, यो सरकारको सफलता हो ।’ जे होस सरकारले ‘समृद्ध नेपाल शुखी नेपाली’को नारा त्यतिकै अघि सा¥या हैन । बालुवाटारमा चियाको चुस्की सहित विभिन्न एङगलमा सेल्फी लिने भाग्यमानी ओली बन्धुहरुलाई बधाई ।

प्रतिक्रिया दिनुहोस्