बंगलादेसलाई हराएर नेपाल सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल र बंगलादेसबीचको खेल हुन अगाडि बंगलादेसको स्थिति अत्यन्त राम्रो र नेपालको स्थिति दवावयुक्त थियो । नेपालले बंगलादेशमाथि उसकै घरेलु मैदान र दर्शकमाझ २–० को सानदार जित हात पारेर दवाव समाप्त पा¥यो । यो जितले नेपाललाई ५ वर्षपछि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पु¥यायो भने लगातार दुई खेल जितेर अन्तिम चारमा पुग्नै लागेको बंगलादेश बाहिरिनु प¥यो ।

शनिबार नै भएको समूह ए को अर्को खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएर अन्तिम चारको यात्रा सुरक्षित गरेको थियो । पाकिस्तानले फराकिलो जित हात पारेपछि नै नेपाललाई सो खेल जित्नै पर्ने भएको थियो । तीनै टोलीको ६÷६ अंक भएकोमा गोलभिन्नतामा नेपाल शीर्ष स्थानमा र पाकिस्तान दोस्रो स्थानमा रहे । दोस्रो खेलसम्म पहिलो स्थानमा रहेको बंगलादेस तेस्रो स्थानमा चिप्लिएको थियो ।

बंगबन्धु रंगशालाको मैदान नेपालको लागि यस पटक पनि फाप्न थालेको छ । त्यस्तै प्रशिक्षक बालगोपाल महर्जनको लागि पनि यो रंगशाला भाग्यशाली बनेको छ । तीन वर्ष अघि नेपाललाई बंगबन्धु कप उपाधि दिलाउँदा महर्जन नै टोलीका प्रशिक्षक थिए । अहिले पनि नेपाली राष्ट्रिय टोली सम्हालेका महर्जन नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपमा उपाधि दिलाउन नजिक पुगेका छन् ।

जित्नै पर्ने खेलमा जित दिलाउन विमल घर्ती मगरले पहिलो हाफमा र सुजन श्रेष्ठले दोस्रो हाफमा गोल गरेका थिए । दर्शकको भरिभराउ भएको रंगशालामा नेपाली टोलीले जितेपछि मैदानमा खुशीले झुम्दै नेपाली दर्शकसामु खुशी साटेको थियो । उता आयोजक टोली र घरेलु दर्शक निरास भएको थियो ।

नेपाल सन् २०१३ पछि सुजुकी कपको सेमिफाइनलमा पुगेको छ । यसअघि नेपाल सन् १९९९, २०११ का संस्करणमा पनि अन्तिम चारमा पुगेको थियो । पछिल्लो पटक अन्तिम चारमा पुग्दा सो संस्करण नेपालमै आयोजना भएको थियो ।

त्यतिबेला हजारैं घरेलु दर्शकसामु अफगानिस्तानसँग नेपाल हारेको थियो । यसपटक नेपालको अन्तिम चारमा को प्रतिद्वन्द्वी पर्ने आज टुंगो लाग्नेछ । समूह बी को अन्तिम खेलमा भारत र माल्दिभ्स आज खेल्दैछन् । नेपाल अहिलेसम्म यस प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन ।

नेपालले ३३औं मिनेटमा विमलको फ्रिकिक प्रहार गोलमा परिणत हुँदा महत्वपूर्ण अग्रता लिएको थियो । उनको यो प्रतियोगितामा व्यक्तिगत दोस्रो र करियरको आठौं गोल थियो । यसअघि पहिलो खेलमा पाकिस्तानविरुद्ध उनले गोल गरेका थिए । सुनील बललाई बाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक प्रहार पाएको हो । उनको ८०औं मिनेटमा भएको गोल भने अफसाइड घोषित भएको थियो ।

यसको बावजुद नेपालले अर्को गोल थप्यो । सुनीलको थ्रोइंगबाट पाएको पासलाई सदुपयोग गर्दै नवयुग श्रेष्ठले गोल गरेका थिए । उनको यो गोलसँगै बंगलादेशको खेलमा फर्कने आसा समाप्त हुन पुग्यो । कप्तान भरत खवासको स्थानमा ६७औं मिनेटमा नवयुग मैदान आएका थिए ।

विमलको प्रहारबाट हातमा आइसकेको बल घरेलु टोलीका गोलकिपर मोहम्मद साहिदुल आलमले फुत्याएपछि गोल भएको थियो । सागरले सन् २०११ मा साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा पनि उनी मोहम्मदले पोष्ट सम्हालेका थिए ।

यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तान र बंगलादेशको पनि समान ६(६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो । नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो । तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडी भएपछि समूह विजेता बन्दै नेपाल अगाडी बढेको हो ।

प्रतिक्रिया दिनुहोस्