ताम्रकर फुटसल शुरु



काठमाडौं, (नेस)
शनिबारदेखि शुरु भएको तेस्रो ताम्रकार फुटसल प्रतियोगिताअन्तर्गत श्री बंगलामुखी फर्निचर्स र भैरवनाथ आइरन इन्डष्ट्रिजले दोहोरो जित निकालेका छन् ।

श्री बंगलामुखीले ओरियन इलेक्ट्रीकल्सलाई र पानाचे ब्युटी सेलुनलाई समान १–० ले हराएको हो । समूह ए मा टोली दुई खेलसँग शीर्ष स्थानमा रहेको छ । यस्तै समूह बी मा रहेको भैरवनाथले राइट एण्ड एसोसिएट्सलाई १–० ले हराउँदा अर्को खेलमा ललितपुर डिस्ट्रिक स्पोर्टस् डेभलोपमेन्ट कमिटीलाई २–० ले पराजित ग¥यो ।

टोली शीर्ष स्थानमा छ । तेस्रो र चौथो चरणको खेल आगामी भाद्र ३० गते हुनेछ । त्यस्तै सेमिफाइनल र फाइनल खेल असोज २ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्