इक्वेडर: शक्तिशाली भूकम्प



क्वेटो,(एजेन्सी)
इक्वेडरमा ६ दशमलव २ रिक्टर स्केलका गएको शक्तिशाली भूकम्प अमेरिकी भौर्गिर्भक सर्वेक्षण संस्था ( युएसजिएस) ले जनाएको छ । शुक्रबार राति ९ बजेर १२ मिनेट जाँदा सो भूकम्प गएको युएसजिएसले जनाएको छ ।

यस दक्षिण अमेरिकी देशको मध्य भाग नजिकैको क्षेत्रको ९३ दशमलव ५ किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । स्थानीय अधिकारीहरूले भने यो भूकम्प ६ दशमलव ५ रिक्टर स्केलको भएके दावी गरेको छ । इक्वेडरमा सन् २०१६ को अप्रिल गएको भुकम्पमा करीब ६ सय ७३ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्