बलात्कारीविरुद्ध बोलौं, सबैले मुख खोलौं



पछिल्लो समय समाजमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । दिनहूँजसो आमसञ्चार माध्यममा बलात्कार र त्यसपछि हत्याका समाचार सुनिन थालेका छन् । बलात्कार बढेसँगै त्यसका विरुद्ध आवाज बुलन्द भए पनि यो मौसमी देखिएको छ । वर्षात्को समयमा बाढी आएको जसरी जब कुनै घटना हुन्छ तब मात्रै ¥याली, बिरोध गरेर बलात्कार रोक्न सकिदैन ।

बलात्कारका विरुद्धमा ¥याली तथा दबाबमूलक कार्यक्रम वर्षैभरी सञ्चालन गर्न सक्नु पर्दछ । गाउँ समाजमा सचेतनामूलक कार्यक्रम गर्दै बलात्कारका बारेमा सबैले आवाज बुलन्द गर्न सकियो भने समाजमा बलात्कार जस्तो जघन्य अपराधमा कमी आउने थियो ।

हामी यौनका विषयमा संकुचित भएर कुरा गर्ने गर्छौँ यौनिक विषयलाई लाजको विषय बनाएर बस्छौँ । यो कारणले पनि समाजमा बलात्कार जस्ता घटनाहरु हुने गरेका छन् । विद्यालय तहमा यौनका विषयमा सामान्य कुराहरु पढाई हुने गरेको भएपनि त्यो पर्याप्त हुने गरेको छैन । यौनका विषयमा पाठ्यक्रममा राम्रोसँग समावेश गर्दै किशोर किशोरीहरुलाई यसको बारेमा ज्ञान दिनु आवश्यक छ । यौनका बारेमा अध्ययन गराउँदा अथवा जानकारी दिँदा छाडा भइदैन बरु यसले बलात्कार तथा यौनजन्य घटनाबाट जोगिन महिला तथा किशोरीहरुलाई सहजता प्रदान गर्दछ ।

हामीले यौनलाई लुकाइने विषयका रुपमा मात्रै परिभाषि गर्दै आएका छौँ । यौनका बारेमा अध्ययन गराउँदै यौन अपराध तथा यौनिक विकृतिको बारेमा खुलेर बिरोध गर्न सक्ने बनौँ ।

यौनका विषयमा किशोर किशोरीहरुमा कौतुहलता हुने गर्दछ । किशोरावस्थामा विपरित लिंगीप्रति आकर्षित हुनु स्वभाविक हो । जसका कारण सजिलै एकअर्कालाई विश्वास गर्न पुग्छन् । यौनका बारेमा राम्रोसँग जानकार नहुँदा चाहेर वा नचाहेरै वा जिज्ञासा मेटाउनको यौन सम्पर्क तथा यौनजन्य क्रियाकलापमा संलग्न हुने गर्दछन् ।

यद्यपि किशोर किशोरीहरुलाई यौनका बारेमा खुलेर कुरा गर्न सक्ने बनायौँ । यौन हिंसाका बारेमा बुझ्न सक्ने बनायौँ भने पनि यौनजन्य हिंसाका घटनाहरुमा कमी आउने थियो । त्यस्तै गरि स्थानीय प्रशासनले समेत यौनजन्य हिंसाका विरुद्धमा कडा रुपमा कानुनी कदम चाल्न आवश्यक छ । सार्वजनिक बसमा सार्वजनिक स्थानमा नै यौनजन्य हिंसाहरु भइरहेका कतिपय घटनाले देखाएका छन् ।

जसका लागि सार्वजनिक ठाउँमा राम्रो सुरक्षा व्यवस्था मिलाउँदै यौन दुराचारी कसैलाई पनि पहुँचको आधारमा उन्मुक्ति दिनु हुँदैन तबमात्रै समाजबाट यौनजन्य घटनाहरुमा कमी आउन सक्छ । त्यसैले आजैबाट यौनजन्य घटना तथा बलात्कारका विरुद्ध आवाज बुलन्द पारौँ ।

प्रतिक्रिया दिनुहोस्