नामको अर्थ र औचित्यमाथि प्रश्न



-मुक्तिबन्धु
तपाईं एउटा प्राज्ञिक जमघटमा हुनुहुन्छ । तपाईंका अगाडि सुकिलामुकिला शहरिया युवाहरु छन् । परिचायन क्रममा एकजना युवा उठेर भन्छ– म अक्सफोर्डको विद्यार्थी । अर्को भन्छ– म नासाबाट । अर्को उठेर म ह्वाइटहाउसबाट भन्छ ।

यसरी दशजना युवाहरु उठेर बेलायत र अमेरिकाका एक–एक नामुद नामुद विश्वविद्यालय र संस्थाहरुका नाम लिन्छन् । जमघटमा बडो उत्सुकताका साथ सुनिरहेको तपाईंलाई घत लाग्छ कि उदेक लाग्छ ? कि हास्यास्पद चुरीफुरीजस्तो मात्र लाग्छ ? तपाईं यस्तो सभा समारोहमा पहिचानसहित उपस्थित रहेर पेट मिचीमिची हाँस्न सक्नुभएको छ ? मलाई लाग्छ, तपाईंले त्यसो गर्न सक्नुभएको छैन । तपाईंले त यी सबै नामहरु उपत्यकाभित्र ठाउँठाउँमा रहेका ठुला साना विद्यालयका नाम हुन् भनेर आफुभित्रै समायोजन गर्नुभएको छ । उपहसनलाई मनोमन पचाउनुभएको छ । यसो गर्न तपाईं वाध्य किन हुनुहुन्छ ?

तपाईंलाई लाग्छ, नाम मिले नमिलेको बहस निकालेर झन्झटमा किन पर्ने ? बहस त वकिलहरु नै गरुन् । हामी जनताले काम हेरेर नाम राख्ने हो । यी नामहरु जो नामका लागि मात्र छन्, निख्खरा भ्रम सिवाय केही होइनन् । हाम्रो मुलुकमा राजनीतिक दलहरुकै नाम पनि त्यस्ता छन् । राष्ट्रिय जनता पार्टी नाम छ । त्यस नामको पार्टीलाई न राष्ट्रको चिन्ता छ, न जनताको ।

प्रचलित राष्ट्रियता, अखण्डता, सार्वभौमिकता जस्ता शव्द सुन्दा उसलाई टाउको दुख्छ । मधेशका नाममा वितण्डा मच्चाउने, भेटेपाएसम्म खाने पचाउने सक्कली चिन्ता त यत्ति नै छ । तर नाम त्यस्तो छैन । नाममा त राष्ट्रियता पनि छ, जनता पनि छ । नेकपाकै कुरा गरौं । सिद्धान्त, नीति र कार्यक्रमका हिसाबमा कम्युनिस्ट पार्टीमा कम्युनिज्मको गन्धसम्म बाँकी छैन ।

आमूल संसदीय पार्टी बनिसकेको छ । पूँजीवादी पार्टी बनिसकेको छ । साहुजीहरुको पार्टी बनिसकेको छ । जनताको सेवा र जनताप्रतिको दायित्वभाव किञ्चित पनि छैन । नेता–कार्यकर्ताहरु जसरी पनि सत्तामा टाँस्सिने र सम्पत्ति कमाउने अभियानमा फाल हालेर लागेका छन् । सत्तासीनहरुलाई रातो पासपोर्ट, विदेश भ्रमण, विभिन्न बहानामा राष्ट्रको ढुकुटीमा लामोहात, बेतन भत्ता सुविधा वृद्धि, यस्तै मात्र चासो छ ।

मुलुकभरीका विद्यार्थी बालबालिकाको खाजा कटाएर पनि आफ्नै खाजाको स्तर संवद्र्धनमा लागेका छन् । बाचुन्जेल सत्ता सुविधाको ढुक्क व्यवस्था, वर्तमान रहँदा पनि भूतपूर्व हुँदा पनि सत्ताको तामझाम र हाम व्यवस्था हराभरा कायम रहने परिपाटीको तर्जुमामा लागेका छन् । नाम जे भए पनि काम त यस्तै देखिएको छ । काम हेर्दा निक्खरा कांग्रेस छ । नाम छ नेकपा । यो वास्तविकताको स्थितिबाट हामी जनताले यथार्थमा के बुझ्ने ?

नेकपाकै कुरा गरौं । सिद्धान्त, नीति र कार्यक्रमका हिसाबमा कम्युनिस्ट पार्टीमा कम्युनिज्मको गन्धसम्म बाँकी छैन । आमूल संसदीय पार्टी बनिसकेको छ । पूँजीवादी पार्टी बनिसकेको छ । साहुजीहरुको पार्टी बनिसकेको छ । जनताको सेवा र जनताप्रतिको दायित्वभाव किञ्चित पनि छैन । नेता–कार्यकर्ताहरु जसरी पनि सत्तामा टाँस्सिने र सम्पत्ति कमाउने अभियानमा फाल हालेर लागेका छन् ।

हामीले विद्यालयका नामहरुलाई पनि मुलुकको राजनीतिक परिप्रेक्षबाट बुझ्नुपर्छ । उदाहरणका लागि यहाँ संस्कृति नाम राखेर कमाउन व्यस्त विद्यालयलाई संस्कृति कुन चराको नाम हो, थाहा नहुन सक्छ । देशभक्ति नाम राखेर दगुराएको विद्यालयलाई देश थाहा नहुन सक्छ । नाम भ्रम हो । काम कमाइ हो । भ्रम दिने । कमाउने । व्यवसायको धर्म भने पनि नीति भने पनि बढीभन्दा बढी नाफा कमाउनु हो । राजनीति व्यवसायमा जनतालाई करभार र नेतालाई कार तथा दरबार व्यवस्था कानुनीरुपमै गर्न सकिन्छ ।

विललयहरुलाई अलि गाह्रो छ । विद्यालयले कर उठाउन मिल्दैन । जे लिए पनि शुल्कका नाममा लिनुपर्छ । बढी शुल्क नउठाउनु भन्ने उर्दी पनि छ । विद्यालयले पनि पार्टी संस्कृतिबाट सिकेर आफ्आप्mनो स्वार्थ संवद्र्धनको राजनीति खेल्नै पर्छ । राजनीतिबाट बाहिर यहाँ के छ र ? यसैले पढाइ शुल्क हजार–पन्ध्र सय, अरु विविध नामधारी शुल्क तीस हजार, चालीस हजार, पचास हजार, सुनिन्छ पैँसटठी हजार रुपयासम्म मासिक शूल्क लिने विद्यालयहरु पनि छन् ।

तीमध्ये कतिपय विद्यालयले मसिना बाल विद्यार्थीलाई एकछाक खाना दिन्छन् । कसैले नास्ता दिन्छन् । तिनले विद्यार्थीलाई हिराको चटनी, सुनको तरकारी, यार्चागुम्बाको दाल, चाँदीको भात र वहुमूल्य रत्नहरुको नास्ता बनाएर पस्कने त होइनन् । पौष्टिक र स्वस्थकर खाद्यपदार्थ जुटाएर माया ममताका साथ खान दिने पनि होइनन् । व्यापार व्यवसायमा ग्राहकहरुप्रति माया ममता भन्ने कुरा त साँढे दुहेर दूध डेरी खोल्ने कल्पनाजस्तै भएको छ ।

हामीकहाँ तस्करीपछिको बढी नै फस्टाएको व्यवसाय अहिले राजनीति छ । त्यस व्यवसायमा माथि माथि पुगेकाहरुका लागि खानपान आवास सवारी आदि इत्यादि सवै सुविधा उच्चस्तरीय छ । जनतालाई तात्तोछारो छ । बाढी पहिरो र हिलो छ । आँखाअगाडिका खाडलहरु छन् । अरु कुनै सुविधा छैन । विद्यालयमा पनि संचालकहरुलाई सुविधा छ । विद्यालयको पैसाबाट संचालकहरु करोडौंको गाडी चढ्छन् । सुखसयलको महल जुटाउँछन् ।

विद्यार्थीलाई सुविधा दिँदैनन् । बजारको सवैभन्दा सस्तो दाल चामल र तरकारी जुटाएर जसोतसो पकाएर दिने हुन् । नास्तामा पनि सस्तो र कामचलाउ के पाइन्छ बजारमा त्यही दिने हुन् । नामको तामझाम जो छ, त्यही ठुलो छ । जे छ, नामै छ । जनताले तीस वर्षको पन्चायती कालरात्री फाँडेर उज्यालोको खोजीमा दगुरेको पनि तीस वर्ष भयो । थरी थरीका नयाँ नयाँ कालरात्रहिरु भेटिए । उज्ज्यालो अझै भेटिएन । संस्कार संस्कृतिका क्षेत्रमा त झन् झन् अँध्याराहरु थपिंदै आएको अनुभूत हुनथालेको छ ।

पन्चायत व्यवस्थाको प्रथम प्रहरतिरको कुरा हो । गाउँफर्क अभियानका नाउँमा सरकारले एउटा लहर ल्याएको थियो । म पन्चायत विरोधी सोचसमझको राजनीतिक व्यक्ति हुनुका कारण गाउँफर्क पुस्तिकामा उल्लिखित कति कुराको मैले बुँदागत रुपमा सार्वजनिक सभामै विराध गरेको थिएँ । त्यस पुस्तिकामा समाविष्ट कतिपय कुरा राम्रा पनि थिए । राष्ट्रिय संस्कृतिको जगेर्ना र सम्बर्धनका कुरा थिए । म त्यति वेला गाउँमा माध्यमिक विद्यालय खोल्ने योजनामा थिएँ । मैले प्रस्तावित त्यस विद्यालयको नाउँ गङ्गालक्ष्मी राखेँ । म शहीदहरुमा गङ्गालाल र कविहरुमा महाकवि लक्ष्मीप्रसादलाई बढी नै मन पराउँथेँ । तिनीहरुकै नाम जोडेर मैले गङ्गालक्ष्मी नाम बनाएको थिएँ ।

गाउँफर्क राष्ट्रिय अभियानका ठेकेदार पन्च प्रशासकहरुले पनि यस नामलाई अस्वीकार गर्न सकेनन् । सांस्कृतिक प्रस्थापना अनुसार पनि यो नाम अनुकूल नै ठहरियो । निम्नमाध्यमिक तहमा विद्यालयले अस्थायी स्वीकृति पनि पायो । तीन वर्षसम्म स्वयम्सेवीका रुपमा खटेर मैले विद्यालयमा प्रधानअध्यापक तथा शिक्षकका रुपमा सेवा गरेँ । स्थनीय पन्च प्रधानपन्च र जिल्लाप्रशासनका दृष्टिमा मेरो स्वयम्सेवी शिक्षण सेवा पनि कम्युनिष्ट राजनीति भइदियो ।

जिल्लाका शक्तिशाली पन्च प्रशासकहरुले मेरो गाउँ बसाइ र शिक्षणसेवालाई सहन सकेनन् । मैले विद्यालय छोडेँ । आज म सम्झन्छु, शुरु शुरु वेलाको पन्चायती गाउँफर्कले राजनीतिक नियत र कामका रुपमा अरु जे जे गरे पनि साष्ट्रिय संस्कृतिको उत्थानका क्षेत्रमा राम्रै सोच ल्याएको थियो । पछि गएर गाउँफर्कले बाटो फे¥यो । सांस्कृतिक अभियान पनि अगाडि बढेन ।

अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको छ । यो नामको तामझाम हो । व्यवहारमा नितान्त अलोकतान्त्रिक पार्टीतन्त्र आएको छ । सत्तासीन र प्रतिपक्ष भनाउँदा पार्टीहरुलाई रिझाएपछि जसले जे गरे पनि हुने छाडातन्त्र आएको छ । यहाँ विकृति विसंगतिहरु जुर्मुराएका छन् । जनतामा रहेका राष्ट्रियता, देशभक्ति, सत्यवादिता, वचनवद्धता, इमानदारी, सेवाभाव, दायित्वबोध, दया माया, सहयोगिताजस्ता जनहितकारी असल संस्कार संस्कृतिहरु डराएका छन् । यो अस्थायी स्थिति हो ।

एक किसिमको संक्रमणकालीन स्थिति हो यो । सरकारले जति हेपे पनि जति चेपे पनि जनता आखिर शक्तिशाली छ । सर्वोपरि छ जनता । अव जनताले नामको अर्थ र औचित्य खोज्ने दिन पनि आउँछ । आफुलाई सर्वार्थमा अभिव्यक्त गर्ने दिन पनि आउँछ । अवश्य आउँछ ।

हाम्रो राजधानी उपत्यकामै पनि अभिभावकबाट महँगो शुल्क असुल्न जानेका, तर विद्यार्थीलाई जीवनोपयोगी शिक्षा र विद्या कुनै दिन नजानेका नामधारी विद्यालयहरु अनगिन्ती छन् । विदेशी विश्वविद्यालय र वैज्ञानिकका संस्थाका नाम भिरेर गर्वान्वित हुने विद्यालय तिनै छन् । कति स्वनामधन्य तारे विद्यालयहरु छन् जसका सन्चालक तथा सल्लाहकार, ख्यातिप्राप्त प्राध्यापक, वकिल, वुद्धिजीवी, पूर्व गभर्नर, पूर्व प्रशासक, कूटनीतिक महामहिम लगायतका चर्चित वनम हयव्यक्तित्वहरु छन् ।

आरम्भ नेपालको शिक्षाक्ष्ोत्रबाटै गरौं । अहिले मुलुकमा निजी विद्यालयहरुको बाढी छ । स्वर्णतस्करीपछिको सबैभन्दा कुस्त नाफाको व्यवसाय निजी शिक्षण अस्पताल र त्यसपछिको नाफामूलक व्यवसाय निजी शिक्षालय सन्चालन नै रहेका छन् । मुलुकमा तारे होटल भनेजस्तै तारे विद्यालयहरु पनि छन् । विद्यालयका तारा संख्या घोषित छैनन् । तिनीहरुले असुल गर्ने दक्षिणाद्रव्यबाट तिनीहरु कुन तहका तारे हुन्, अनुमान गर्न भने सजिलै सकिन्छ ।

तारे होटलहरुमा जस्तो पैसामुताबिकको सुविधाको प्रत्याभूति तारे विद्यालयहरुमा हँुदैन । यो अघोषित तर पनि व्यवहारसिद्ध मान्यता हो । अझ विशेषतः निजी तारे शिशु शिक्षालयहरुमा सम्भा्रन्त शैलीका विशिष्ट शोषणहरु छन् । ती शिष्ट कलात्मक र आकर्षक समेत छन् । यसैले वर्णनीय रहेका छन् । भर्ना र मासिक शुल्कका प्रस्तावित तथा भुक्तानी रसीदहरुमा लेखिने विभिन्न शुल्कका शीर्षकहरु मोहन कोइरालाका कविताभन्दा पनि अबोधगम्य र गहन छन् । तिनमा सवैभन्दा सानो अङ्क पढाइ शुल्कको हुन्छ ।

किन कि त्यो शुल्क सरकारी कर्मचारी समेतले पनि बुझ्न सकिने भाषामा राखिनु जरुरी हन्छ । बाँकी शुल्कशीर्षकहरु सरकारी कर्मचारीहरुले पढ्दैनन् । कानुनअनुशार उनीहरुले पढिने र सदर गरिने शुल्क शीर्षक पढाइशुल्क नै हेो । त्यति पढिदिएपछि सरकारी कर्तव्य पूरा हुन्छ । बाँकी सवै शुल्कशीर्षकहरुले निर्देश गरेको अङ्क समेत जोडेर चुपचाप भुक्तानी गर्ने कर्तव्य अभिभावकको हो ।

नत्थी लाएका गोरुले मालिकका लागि श्रम भुक्तान गरेजस्तै अभिभावकहरु शुल्क भुक्तान गर्छन् । यति धेरै शुल्क लिएर यति थोरै सुविधा किन ? सम्भ्रान्त अभिभावकहरु सम्भ्रान्त विद्यालयहरुसँग प्रश्न गर्दैनन् । प्रत्यक्ष मारमा पर्ने शिशुहरु, बालबालिकाहरु र किशोरकिशोरीहरु नै हुन्छन् । शिक्षालयहरु सम्भ्रान्त छन्, तिनमा शिक्षण सिकाइ सम्भ्रान्त छैनन् । गफहरु प्रशस्त छन् । उपलब्धि छैनन् ।

प्रतिक्रिया दिनुहोस्