गिटी–बालुवाको अवैध निकासी रोकिएन




विभिन्न जिल्लामा नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन हुँदै आएको छ । विभिन्न खोलाबाट रातारात गिट्टी–बालुवाको अवैध निकासी भइरहे पनि स्थानीय प्रशासन निरीहजस्तै बन्न पुगेको छ ।

जिल्लाका जिल्ला समन्वय समितिहरुले असारदेखि असोजसम्म गिट्टी–बालुवा निकासी गर्न रोक लगाए पनि त्यो रोकिएको छैन । अवैधरुपमा प्राकृतिक सम्पदाको दोहन हुन छाडेको छैन । अवैध गिट्टी–बालुवाको दोहन बढिरहँदा स्थानीयवासीले विरोध जनाए पनि प्रशासनले नियन्त्रण गर्ने प्रयास गरेको छैन ।

राति १२ बजेदेखि बिहान ९ बजेसम्मको समयमा खोलाबाट गिट्टी–बालुवा निकासी हुँदै आए पनि नियन्त्रणका लागि प्रहरीले चासो नदेखाएको समाचार हरेक जिल्लाबाट आउने गरेका छन ।

प्रहरीकै संलग्नतामा दैनिकरुपमा गिट्टी–बालुवा चोरी निकासी हुने गरेको आरोप पनि लाग्ने गरेको छ । मिलेमतोबिना दैनिक सयौँ ट्रयाक्टर गिट्टी–बालुवा निकासी गर्न सम्भव हुने विषय होइन । यसमा सम्बन्धीत निकाय जिम्मेबार बन्न जरुरी देखीएको छ । काभ्रे, ललितपुर, चितवन लगायतका जिल्लाबाट यस्ता गतिविधिबारे खबर आईरहेको हुन्छ ।

नियन्त्रण गर्ने त परै जाओस पक्राउ गरीएका पनि ट्रयाक्टरहरु नियन्त्रणमा लिइए पनि राजनीतिक पहुँच र प्रभावका कारण प्रहरीले कारबाही गर्न नसकेका खबरहरु पनि आईरहेका हुन्छन । यस विषयमा सरकारले गम्भीर रुपमा केहि कदम चाल्नु जरुरी देखिन्छ ।
– शंकर पौडेल, गढवा देउखुरी

प्रतिक्रिया दिनुहोस्