नेपाल बंगलादेशविरुद्ध २–० गोलले विजयी हुँदै सेमिफार्इनल प्रवेश



काठमाडौँ ।
साफ च्याम्पियनसिफ २०१८ को बंगलादेश र नेपालबीचको फुटबल खेलमा नेपाल २–० गोलले विजयी भएको छ । आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालको तर्फबाट ३३ अाैँ मिनेटमा पहिलो गोल बिमल घर्ती मगरले गरे र ९० अाैँ मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालको जित सुनिश्ति भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्