धान र मकैमा मात्रै सवा सात अर्ब रकम बाहिरियो



कृष्णउदास खनाल, वीरगन्ज
नेपाल कृषि प्रधान देश भए पनि प्रमुख खाद्यवाली धान र मकै आयातमा मात्र एक वर्षमा सवा सात अर्ब रकम बाहिरिएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा वीरगन्ज भन्सार नाकाबाट मात्र धान र मकै आयातमा ७ अर्ब १९ करोड ५३ लाख ३८ हजार रुपियाँ बाहिरिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७३÷७४ को भन्दा १ अर्ब ६४ करोड ९९ लाख ९ हजार रुपियाँ बढी रहेको वीरगन्ज भन्सार कार्यालयको तथ्यांगमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि वीरगन्ज नाकाबाट ५ अर्ब ५४ करोड ५४ लाख २९ हजार रकम धान र मकै आयातमा बाहिरिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा छ ।

गत आर्थिक वर्षमा १२ करोड ३५ लाख ४९ हजार २८७ किलो धान खरिद गर्दा वीरगन्ज नाकाबाट मात्रै ३ अर्ब ४० करोड ३७ लाख ९७ हजार रुपियाँ बाहिरिएको छ । आर्थिक वर्ष २०७३÷७४ को भन्दा ४० करोड ५५ लाख ८७ हजार बढी हो। आर्थिक वर्ष २०७३÷७४ मा ११ करोड ६० लाख १८ हजार ८६७ किलो धान भित्रिएको तथ्यांकले देखाएको छ।

मकै खरिदमा तीन अर्ब ७९ करोड १५ लाख ४१ हजार रुपियाँ गत आर्थिक वर्षमा मात्र बाहिरिएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा एक अर्ब २४ करोड ४३ लाख २२ हजारले बढी हो। अघिल्लो आर्थिक वर्ष दुई अर्ब ५४ करोड ७२ लाख १९ हजारको १४ करोड २१ लख २६ हजार ३६५ किलो मकै आयात भएको थियो। तर, आर्थिक वर्ष २०७४÷७५ मा आयातको परिणाम पनि ६७ लाख ८० हजार ३४६ किलो बढी हुँदा मुलुकबाट बाहिरिने लागत पनि भन् बढेको वीरगन्ज भन्सार कार्यालयका सँचना अधिकारी सन्तोष यादवले बताउनुभयो ।

ऐनअनुसार बाहिरबाट आयात भएका प्रमुख २० वस्तुको लिस्टमा खाद्यान्न मकै १६ नम्बर र धान २० नम्बरभित्र रहेको छ । गत आर्थिक वर्ष वीरगन्ज भन्सारबाट सबैभन्दा बढी मँल्य बाहिरिएका मालवस्तुको टप २० आइटमु मा हाइस्पिड डिजेल पहिलो नम्बरमा परेको छ। यसमा मात्र ४४ अर्ब १६ करोड तीन लाख २९ हजार रकम मुलुकबाट बाहिरिएको छ।

त्यसैगरी लोडर स्क्याभेटर मुलुकको रकम बाहिरिने दोस्रो नम्बरमा दर्ज भएको छ। एलपी ग्याँस तेस्रो, औषधि एलोपेथिक चौथो, पेट्रोल पाँचौं, मोटर साइकल छैटौं, भटमासको तेल कच्चा सातौं, एचआरसीट आठौं, एमएस बिलेट नवौं र एटीएफ दशौं नम्बरमा रकम बाहिरिने मालवस्तु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्