चीनका बन्दरगाहबाट नेपालले तेस्रो मुलुकमा व्यापार गर्ने



नेपाल समाचारपत्र, काठमाडौं
नेपालले चीनका ३५ भन्दा बढी ठँला र २ हजारभन्दा बढी सामुन्द्रिक बन्दरगाहमार्फत् तेस्रो वैदेशिक व्यापार गर्ने गरेको छ ।

चीनका बन्दरगाहमार्फत् नेपालले तेस्रो मुलुकमा व्यापार गर्नका लागि दुई देशबीच भएको नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ को विषय अन्तिम निश्कर्षमा पुगेपछि नेपालका लागि उक्त बाटो खुलेको हो ।

काठमाडौंमा भएको दुई देशका उच्च अधिकारीबीचको तेस्रो बैठकले नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिएको हो । बैठकमा नेपालले हालसम्म अस्तित्वमा रहेका सबै बन्दरगाहमा पारवहन पहुँच तथा सबै सामुन्द्रिक तथा सुक्खा बन्दरगाहमा पारवहन सुविधा दिन चिनियाँ पक्षसँग आग्रह गरेको हो ।

चिनियाँ पक्षले पनि उक्त आग्रह स्वीकारेको छ । बैठकमा तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तान्जिन, सेञ्जेन, झाङजिङलगायतका खुला सामुन्द्रिक बन्दरगाह तथा लाङझाउ, ल्हासा, सिगात्सेलगायतका भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्याम, ढुवानी प्रक्रियालगायतका पारबहन सम्बन्धी विषयमा छलफल भई प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री भएको बेला चीन भ्रमणमा जाँदा व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री ओलीको गत असारमा भएको चीन भ्रमणका क्रममा सो प्रोटोकल अगस्ट अन्त्यसम्म टुंग्याउने सहमति गरेका थिए ।

उक्त सहमति कार्यान्वयनका लागि दुई देशका सहसचिव स्तरीय बैठक शुरु गरिएको हो । भँपरिवेष्ठित मुलुकले तेस्रो मुलुकसँगको व्यापार पहुँचका लागि छिमेकी मुलुकको सामुन्द्रिक बन्दरगाह उपयोग गर्न पाउने अन्तर्राष्ट्रिय कानुन छ ।

संयुक्त राष्ट्र संघले भँपरिवेष्ठित मुलुकलाई सामुद्रिक पहुँच दिने विषयमा जारी गरेको अन्तर्राष्ट्रिय कानुन ‘ल अफ सी, १९८२ बमोजिम नेपालले भारत र चीन दुवै मुलुकका सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउनुपर्ने हो । तर, नेपालले भने भारतका बन्दरगाह प्रयोग गर्दै आएको भए पनि चीनका बन्दरगाह भने तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न सकेको छैन ।
२०७२ चैतमा नै नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौता भए पनि त्यसको कार्यान्वयनका लागि प्रोटोकलको विषय भने हालसम्म पनि टुंगिएको थिएन ।

द्विपक्ष्ँीय छलफलबाट मुख्यतया बन्दरगाहको पहुँच, सडक र रेलमार्गको विस्तारका विषयमा नेपालले प्रस्ताव राखेको र स्वीकृत पनि भएको उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालका सहसचिव नवराज ढकालले बताउनुभयो । ढकालका अनुसार हाल चलिरहेको बैठकले चीनको मार्ग हुँदै तेस्रो मुलुकसँग व्यापार गर्नेसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने विषयलाई अन्तिम रुप दिइएको छ ।

दुई दिनेसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको तर्फबाट उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयका सहसचिव रविशंकरर सैजुले गरेका छन् र ९ सदस्यीय चिनियाँ पक्ष संलग्नको नेतृत्व चीनका यातायात विभागका महानिर्देशक वाङ सि पिङले गरेका छन् । नेपालबाट भारतको कलकत्ता बन्दरगाह सबैभन्दा नजिकको बन्दरगाह मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्