राष्टपति ट्रम्पलाई हटाउन संवैधानिक शक्ती प्रयोग गर्ने बेला भएको छ: सिनेटर



वासिङटन (एजेन्सी)
अमेरिकाका एक सिनेट सदस्यले राष्टपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने समय आएको संकेत दिएकी छिन् । यदि वरिष्ठ अधिकारीहरु राष्टपति ट्रम्प उनको पदका लागि अयोग्य छ भन्ने मान्यता राख्छ भने यो समय उनलाई हटाउन संवैधानिक सक्तीको प्रयोग गर्ने बेला भएको बताएका छन् ।

म्यासाच्युसेट्सकी सिनेटर एलिजावेथ वारेनले सीएनएनसँग विहिबार भनिन् – यदि वरिष्ठ प्रशासनिक अधिकारीहरु अमेरिकी राष्टपती आफ्नो कामका लागि अयोग्य छ भन्ने ठान्छन भने उनीहरुले २५ औं संशोधानको प्रयाग गर्नु पर्छ ।
उनले भने– यदि उपराष्टपति वा वरिष्ठ अधिकारीहरुले राष्ट्रपति आफनो काम गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगेको हो भने त्यसका लागि एक संवैधानिक प्रक्रिया दिइएको छ । यो प्रक्रिया वरिष्ठ अधिकारीहरु राष्टपतिसँग विमति राख्नका लागि मात्र दिएको होइन । ती अधिकारीहरु सबैले अमेरिकी संविधानलाई कायम राख्ने सपथ लिएका छन् । यो समय उनीहरु आफनो कामलाई नतिजामा पुर्याउने बेला हो ।

वारेनलाई सन् २०२० मा राष्टपति पदका लागि डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार मानिएको छ । ट्रम्पका विषयमा एक अज्ञात अधिकारीको न्युयोर्क टाइम्समा आएको एक लेखलाई लिएर उनले उक्त कडा टिप्पणी दिएकी हुन् ।

उक्त लेखमा ती अधिकारीले ट्रम्पलाई लिएर गम्भिर चिन्ता ब्यक्त गरिएको थियो । ट्रम्प अमेरिकाका लागि अहितकर भएको उल्लेख गर्दै उनलाई राष्टपति पदबाट हटाउन २५ औं सशोधानको प्रयोगका विषयमा प्रारम्भिक छलफल भएको बताइएको थियो ।

ह्वाइट हाउसले लेखको कडा शब्दमा निन्दा गरेको छ र लेखकलाई देशद्रोही र कायर संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्