जर्मन: बलात्कारी बालक



बर्लिन (एजेन्सी)
जर्मन प्रशासनले बलात्कारका आरोपी १० बषका अफगान सरणार्थी बालकामाथि मुद्दा चलाउन अस्विकार गरेको छ । अपराध जघन्य भएपनि बच्चाको उमेर अत्यन्त कम भएकोले मुद्दा चलाउन नसकिने अदालतले बताएको जर्मन सन्चारमाध्यमहरुले जनाएको छ ।

बर्लिनमा स्कुलबाट शैक्षिक भ्रमणमा लगेको थियो । त्यहा ती अफगान बालकले एक सिरियाली र अर्को बालकको सहयोगमा आफनै सहपाठीलाई बलात्कार गरेका थिए । जर्मनमा यो घटनालाई लिएर ब्यापक आक्रोस फैलिएको छ र नागरिकहरु सरणार्थी विरुद्ध कडा रुपमा विरोध गरिरहेका छन् । जर्मनमा मुद्दा चलाउन कम्तिमा १४ बर्षको हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्