भारतमा समलिंगी यौन सम्बन्ध अपराध रहेन



नयाँदिल्ली,(एजेन्सी)
भारतको सर्वोच्च अदालतले विहिवार ऐतिहासिक निर्णय दिँदै अब समलिंगी यौन सम्बन्ध अपराध नरहेको जनाएके छ । यस निर्णयले औपनिवेशिक कालिन कानुनको धारा ३ सय ७७ अनुसार समलिंगी यौन सम्बन्धलाई सन् २०१३ मा ‘ अस्वाभाविक अपराध ’ को मान्यता दिन सर्वोच्च ले दिएको निर्णयलाई उल्टाएको छ ।

अव यस अदालततले मानिसको यौन स्वभावलाई लिएर गरिने कुनै पनि भेदभावयुक्त व्यवहारलाई मूलभुत मानव अधिकारको उल्लंघनको करार दिने भएके छ । सवोच्च अदालतले यो निर्णय सुनाउँदा अदालत परिसर बाहिर एकत्रिट भिडले चिचयाएर खुशी व्यक्त गर्नुका साथै केहि भाविह्ल भएर रुन पुगेको थिए ।

भारतका अधिकांश ठुला शहरहरुमा गरिएको मत सर्भेक्षण अनुसार धेरै मानिस पुरानो कानुन बदर गर्ने पक्षमा देखिए पनि विभिन्न धार्मिक् समुह तथा रुढिवादी ग्रामिण समुदायहरु सर्वोच्चको पछिल्लो कदमको कडा विरोधमा रहेका छन् ।
यो निर्णय समलिंगी तथा तेश्रोलिंगीहरुको लागि ठूलो विजय सावित भएको छ ।

अदालत बाहिर उपस्थित एकजना नाम नखुलाइएका समलिंगी अभियन्ताले वीवीसीलाई भनेका छन् , ‘ आज सम्म मेरो यौन स्थितीबारे अभभावकहरुलाई थाहा दिएको थिइँन् । तर शायद अब म उहाँँहरुलाई सबै कुरा खोल्छुँ । ’

अवकाश प्राप्त गर्न लागेका सर्वोच्चका प्रधान न्यायधिश दीपक मिश्रको नेतृतवमा रहेको पााच सदस्यिय इजलाशको सर्वसम्मतले यो निर्णय दिएको हो । अर्का न्यायधिश इन्दु मल्होत्राले यस सम्बन्ध इतिहासले समलिंगी समुदायसंग माफी माग्नु पर्ने बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्