उत्तर कोरियालाई साइवर आक्रमणको आरोप



वासिंगटन,(एजेन्सी)
अमेरिकी वकिलहरुले एकजना उत्तर कोरियाली नागरिकलाई संयुत्त अधिराज्यको राष्ट्रिय स्वास्थ सेवा ( एनएचएस ) लाई अवरुद्ध पार्ने उद्देश्यले खराव सफ्टवेयर बनाउने काममा संलग्न रहेको अभियोग लगाएको छ ।

सन् २०१७ मा भएको यस घटनाको क्रममा कम्प्युटर प्रणाली नै अवरुद्ध भएपछि एनएचएसका कर्मचारीहरु कापि र कलम प्रयोग गर्न बाध्य भएका थिए । उक्त षडायन्त्र रच्ने समुहमा पार्क जिन ह्योक नामक व्यक्ति पनि सरिक रहेको बताइएको छ ।

सोहि ह्याकिंग समुहलाई सन् २०१४ मा सोनी पिक्चर्समा भएके ह्याकिंगका लागि पनि दोष लगाइएको छ । अमेरिकी न्याय विभागले उत्तर कोरियाको सहयोग प्राप्त साइवर समुहले ठूलो क्षति पु¥याएको जनाएको छ । तर उत्तर कोरियाले शुरु देखि यससम्बन्धमा आफु माथि लगाइएका आरोपहरु अस्विकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायधिवक्ता जोहन डेमर्सले भनेका छन् , ‘ उत्तरदायि राष्ट्रहरुले स्विकारेको साइवर नियम अनुसार उजुरी परेको साइवर अपराधको परिमाण र क्षेत्र निकै भयावह रहेको छ । उजुरी अनुसार सो अपराधिक समुह मार्फत उत्तर कोरियाली सरकारले एउटा केन्दि«य बैक र अन्य थुप्रै राष्ट्रका नागरिकहरुलाई लुट्नुका साथै १ सय ५० वटा भन्दा बढि राष्ट्रमा साइवर आक्रमण गरी कराडौं अमेरिकी डलर वरावरको क्षति पु¥याएको छ । ’

प्रतिक्रिया दिनुहोस्