साप्ताहिक राशिफल: भदौ २३ देखि २९ गतेसम्म



मेष
साताको शुरु आइतबारसम्म त्यति सन्तोषजनक छैन । छिमेकी–साथीभाइसँग विवाद, दुर्घटना, चोटपटक, रोगको भय, असफलता हुने देखिन्छ भने बाँकी सबै दिन उपलब्धिमूलक छन् । उपहार, सम्मान, पुरस्कार प्राप्तिको सम्भावना छ । व्यापार, ठेक्कापट्टा, पढाइ, खेलकुद आदिमा सफलता हासिल हुने, सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता, फाइदाजनक भ्रमण, कार्य सफल हुने देखिन्छ ।

वृष
यो साता तपाईंका लागि धेरै नराम्रो देखिँदैन । आज शनिबार धनलाभ, कार्य सफल हुनेछ भने त्यसपछिका दुई दिन त्यति सन्तोषजनक छैनन् । दिनचर्या अस्तव्यस्त हुने, मानसिक तनाव बढ्ने, अपच–झाडापखालाको सम्भावना देखिन्छ । सजग रहनुहोला । तर मंगलबारदेखि बिस्तारै समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्यलाभ, आर्थिक लाभ, सुख–सन्तोष हुुनेछ । राज्यबाट लाभ हुनेछ ।

मिथुन
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । साताको शुरु शनिबार रोगव्याधिको भय, धननाश हुने देखिन्छ । साताको मध्यभाग मंगलबार र बुधबार आर्थिक भार बहन गर्न गाह्रो पर्ला । तनाव, सन्ताप, मानसिक अस्थिरता नहोला भन्न सकिन्न । तर बाँकी दिनहरुमा भने आफ्नो बोली बिक्ने हुँदा कार्य सफल हुने देखिन्छ । साथै केही आर्थिक लाभ, उपहारादि वस्तु प्राप्ति होला ।

कर्कट
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । शनिबार, मंगलबार र बुधबार धनलाभ, सुखशान्ति, कार्य सफल होला । कोसेली, पुरस्कार प्राप्ति, साथीभाइबाट सहयोग प्राप्त हुने देखिन्छ । खाद्यान्न प्राप्तिको समेत सम्भावना छ । तर बाँकी दिनहरु त्यति उपलब्धिमूलक देखिँदैनन् । चोटपटक, स्वास्थ्य समस्या, आँखामा समस्या आउन सक्छ । साथै आम्दानी कम हुँदा खर्च धान्न धौ–धौ पर्ला ।

सिंह
साता उत्तम फलदायक छ । आँटेका र थालनी गरिएका अधुरा कार्यहरु पूरा हुनेछन् । व्यापारिक क्षेत्रमा लागेका व्यक्तिलाई सोचेभन्दा बढी फाइदा होला । कुनै अचल सम्पत्ति वा भविष्यमा फाइदा दिने शेयर अथवा कुनै व्यवसायमा लगानी होला । पराक्रम, प्रतिष्ठा, इज्जत बढ्नाले मानसिकरुपमा स्वस्थ एवम् तनावरहित भइनेछ । साताको शुरु आज शनिबार भने रोगव्याधि, विवाद नहोला भन्न सकिन्न ।

कन्या
तपाईंका लागि यस साताको आइतबार र सोमबार त्यति राम्रो देखिँदैन । रोगव्याधि, चोटपटकको सम्भावना छ । तर बाँकी दिनहरु धेरै शुभ छन् । कहीँ–कतैबाट आर्थिक लाभ होला । खाद्यान्न, उपहारादि वस्तु प्राप्ति होला । बौद्धिक एवम् कूटनीतिक क्षमताको विकास होला । बुद्धि विवेकले ठूलै काम बन्ला । कार्य सफल, सुख–सन्तोष होला । व्यापारी भएमा राम्रै फाइदा होला ।

तुला
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु उत्तम फलदायक छन् । साताको शुरु र अन्त्यका दिनहरुमा धन प्राप्ति, खाद्यपदार्थ प्राप्ति, पुरस्कार÷उपहार प्राप्ति, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ । व्यापारमा सफलता हासिल होला । जोश–जाँगर बढ्नेछ । तर मंगलबार र बुधबार भने स्वास्थ्यमा समस्या देखिएला । साथीभाइ, इष्टमित्रसँग विवाद पर्न सक्छ, होसियार रहनुपर्ला । अधिक खर्च होला ।

वृश्चिक
तपाईंका लागि यो साता सुख–समृद्धिदायक छ । बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुने, सुख–सन्तोष हुनेछ । राज्यको सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियतासमेत बढ्नेछ । आफ्नो गरिरहेको व्यवसायबाट यथेष्ट फाइदा हुनेछ । मान–प्रतिष्ठा बढ्नेछ । तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने आर्थिक नोक्सानी, अस्वस्थता एवम् तनाव होला ।

धनु
तापाईंका लागि साताको शुरु शुभ फलदायक छैन । राज्य सञ्चालकको भय, मान–प्रतिष्ठामा आघात, व्यापारिक असफलता, कष्टदायक यात्राको सम्भावना छ । तर सोमबारबाट भने दिनहरु शुभ छन् । स्वस्थताको महसुस हुने, आफ्नो व्यवसायबाट पर्याप्त आम्दानी हुने, गुम्न लागेको धन हात लाग्ने सम्भावना छ । त्यस्तै रोजगारीको अवसर मिल्ने, परीक्षामा सफलता हासिल हुने देखिन्छ ।

मकर
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । के गर्ने, के नगर्ने भनेर निर्णय लिन नसक्ने अवस्था आउन सक्छ । साताको मध्यभाग आइतबार र सोमबार इष्टमित्रसँग विवाद पर्ला । रोगव्याधि, दुर्घटना, चोटपटकको भय छ । मंगलबारबाट भने समय शुभ छ । आफ्नो सेवा वा व्यवसायबाट आर्थिक लाभ हुनाले आर्थिक समस्या समाधान हुनेछ । बौद्धिक क्षमताको प्रयोगबाट राम्रै काम होला ।

कुम्भ
तपाईंका लागि साताका धेरैजसो दिन उत्तम फलदायक नै देखिन्छन् । साताको शुरु र अन्त्यका दिनहरुमा साथीभाइबाट सहयोग, धन, खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन प्राप्ति होला । व्यापारमा सफलता हासिल हुनुका साथै हर्षोल्लास बढ्ला । पढाइ, लेखाइमा सफलता होला । तर साताको बीच मंगलबार र बुधबार भने रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ । होसियारी अपनाउनुपर्ला ।

मीन
आज शनिबार समय अनुकूल नभए पनि बुधबारसम्मका दिनहरु उपलब्धिमूलक छन् । थालेका कामहरु पूरा होलान् । आफन्तबाट राम्रै सहयोग पाउने सम्भावना छ । खाद्यान्न प्राप्ति होला । आफ्नो क्षमताले राम्रै काम बन्नेछ । सामान्य परिश्रमबाट पनि केही आम्दानी होला । तर साताको अन्त्यका दुई दिन भने राज्यका तर्फबाट डर, मान–प्रतिष्ठामा कमी, स्वास्थ्यमा समस्या हुने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्