कर्मचारीको हविगत



सुख सुबिधाले कहिलेकाही अधिकार खोसिदो रहेछ भन्ने उदाहण ८४ हजार निजामती कर्मचारीले सगौरव प्रस्तुत गरेका छन ।

शुक्रबार निजामती कर्मचारी दिवस । हरेक बर्ष सरकारले उत्कृष्ट कर्मचारी छनोट गर्दै आएको थियो । यो छनौट प्रकृया २ बर्षदेखि रोकिएको छ । यस पटक पनि कोही पनि निजामती कर्मचारी उत्कृष्ट हुन सकेनन ।

सरकारको नजरमा उत्कृष्ट कर्मचारी घोषित हुन नसक्ने नामर्द सरकारी कर्मचारीबाट राज्यले के के न पाइला भनेर आशा गर्नु वालुवा पेलेर तेल निकाल्नु जस्तै हो भन्ने निष्कर्षमा धरहरा पुगेको छ ।

राज्यकालागि राम्रो काम गरेको भए त उत्कृष्ट कर्मचारी घोषणा हुन्थ्यो होला नि ? सरुवा बढुवा र आफ्नो लागि मरिहत्ते गर्ने कर्मचारी मनुवाले जनता र राष्ट्रको पक्षमा उत्कृष्ट सेवागर्न पदैन भन्या ।

सरकारको नजरमा सर्वोष्कृट नभएपनि जनताको नजरमा त उत्कृष्ट कर्मचारी हुनु पर्ने थियो नि कर्मचारी कसैको नजरमा समेत सर्बोकृष्ट हुन नसकेपनि घुष खान भने बिश्वमा नै सर्बोकृष्ट हुन सफल भएकोमा नेपालका निजामति कर्मचारीलाई बधाइ नदिइ धरहरा बस्नै सक्दैन । सबै बर्मचारीलाई निजामति दिवसको अवसरमा बधाई ?

प्रतिक्रिया दिनुहोस्