सत्यहरिश्चन्द्रदेखिको विवरण अब एकै साइटमा



पहिलो फिल्म सत्यहरिश्चन्द्रदेखि अहिलेसम्म प्रदर्शनमा आएका १३ सय फिल्मको विस्तृत विवरण अब एकै ठाउँमा हेर्न सकिने भएको छ।
अहिलेसम्म प्रदर्शनमा आएका फिल्म र तिनमा आबद्ध कलाकार तथा प्राविधिकहरूको विस्तृत विवरण समावेश गरी बिहीबारबाट डाटाबेसमा आधारित वेबसाइट लेन्स नेपाल डट कमको सञ्चालनमा आएको हो।

लामो समय खर्चिएर विवरण संकलन गरिएको लेन्स नेपालका प्रकाशक विष्णुप्रसाद सुवेदीले बताएका छन्। उनका अनुसार सिने मासिक कामनाका विशेष अंकहरूमा मात्र विभिन्न कालखण्ड गरी समावेश फिल्मको विवरण कामनाकै मुख्य सहयोगमा तयार पारिएको हो। कुन फिल्म कहिले बने, कोको फिल्मकर्मी संलग्न थिए, विधागतरूपमा कति व्यक्ति संलग्न भए वा छन्, फिल्म कुन प्रविधिमा बनेको हो, कुन जनराको हो यी र यस्ता यावत विषयहरू लेन्स नेपालले समावेश गरिएको छ। साथै चलचित्र अवार्ड र अवार्ड विजेताहरूको विस्तृत विवरण पनि समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्