जय भोले ट्रेलरमा, इन्टरटेन्मेन्टको फुल डोज



निर्माता, निर्देशक, अभिनेता तथा प्रदर्शक अशोक शर्माले १२ वर्षको अन्तरालपछि बनाएको फिल्म जय भोलेमा मनोरञ्जनको फुल डोज पाइने संकेत मिलेको छ। बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक फिल्मको ट्रेलर हेर्दा त्यसमा भनिएभैmं मनोरञ्जनको फुल डोज पाइन्छ।

खगेन्द्र लामिछानेको लेखन तथा मुख्य भूमिका रहेको फिल्मको ट्रेलरमा उनका साथमा सौगात मल्ल, स्वस्तिमा खड्कादेखि अशोक शर्मा, लक्ष्मी गिरी, सलोन बस्नेत, जयनन्द लामा, रामचन्द्र अधिकारी, राजाराम पौडेल, शूरवीर पण्डित, बुद्धि तामाङ, वसुुन्धरा भुसाललगायत फिल्मका प्रायः कलाकारलाई प्रस्तुत गरिएको छ।

यसपालिको दशैं जय भोलेसँगै भन्दै सार्वजनिक गरिएको ट्रेलरमा थोरै मानवीय संवेदना र धेरैजसो कमेडी प्रस्तुत गरिएको छ। ट्रेलरमा खगेन्द्र लामिछाने रोचक पात्रका रूपमा देखिएका छन्।

‘ट्रेलर जे हो, फिल्म पनि त्यही हो। जय भोले ट्रेलरमा एकथरी र फुल मुभीमा अर्कोथरी छैन। बरु यसबाहेक ठोस कुरा पनि फिल्ममा पाइनेछ’, कार्यक्रममा फिल्मबारे जानकारी दिँदै निर्माता÷निर्देशक शर्माले भने– ‘यसमा थोरै मात्र सेन्टिमेन्टल कुरा छ। अरू सबै इन्टरटेन्मेन्ट मात्र छ। फिल्म ब्यालेन्सभन्दा बाहिर गएको छैन, रोमान्टिक फिल्म बनेको छ।’ फिल्म पशुपतिप्रसाद हेरेपछि त्यसका नायक तथा लेखक खगेन्द्र लामिछानेलाई फिल्म लेखिदिन र मुख्य भूमिकामा खेल्न अफर गरेको खुलाए। ‘यसको स्क्रिप्टमा हामीले १३ महिना जति बितायौं। फिल्ममा खगेन्द्रलाई फरक भूमिकामा देखिन्छ। फिल्ममा लिड रोलका लागि खगेन्द्रलाई भन्दा उनले आफूले कहिल्यै पनि त्यस्तो रोलमा नखेलेको भन्दै खेल्न मानेका थिएनन्। तर मैले नै उनलाई एउटा एक्टर भएपछि जस्तो भूमिका पनि निभाउनुपर्छ भनेर मनाएँ।’ –अशोकले भने। कार्यक्रमामा शर्माले गायक राजेशपायल राईको राजेशपायल राई फाउन्डेसनलाई २५ हजार रुपियाँ सहयोगसमेत गरे।

फिल्म दशैंमा रिलिज हुँदै छ। त्यही बेला नामका आधारमा लोकप्रिय सिरिज छक्का पञ्जा ३ पनि आउने भएपछि दुवै फिल्मले गते तोकेका छैनन्। ‘छिमेकी देशमा ईदको दिन पारेर फिल्म रिलिज गरिन्छ। ईद राम्रोसँग चन्द्रमा देखिएपछि मनाइन्छ। त्यसको एक महिना अघिदेखि रामदान मनाइन्छ। जय भोले पनि दशैंको समयमा जुन दिन राम्रोसँग सूर्य उदाउँछ त्यही दिन रिलिज हुन्छ’, पत्रकारहरूले फिल्मको रिलिज डेटबारे पटकपटक प्रश्न उठाएपछि शर्माको भनाइ थियो– ‘कौरव र पाण्डवभन्दा माथि जय भोले हुन्छ।’


गायक राजेशपायल राईले फिल्म गरीबमार्फत फिल्म क्षेत्रमा मौका दिने निर्देशक अशोक शर्र्माको फिल्ममा लामो समयपछि सँगै काम गर्दा खुसी लागेको बताए। ‘सायद उहाँले २०५२ सालमा फिल्म गरीबमा मलाई नलिनु भएको भए आज म यो स्थानमा हुदिँनथें होला।’ –राजेशले भने। अभिनेता खगेन्द्र लामिछानेले फिल्मको टे«लर आफूले पनि पहिलोपटक हेरेको र राम्रो बनेकोले दर्शकले रुचाउने विश्वास व्यक्त गरे भने सलोन बस्नेतले जय भोलेमा काम गर्दा निकै रमाइलो लागेको बताए। अभिनेत्री लक्ष्मी गिरीले आफूले जय भोलेमा पनि पहलमानको भूमिकामा अभिनय गरेको खुलाइन्। ‘म मान्छेचाहिँ यस्तो सोभर छु तर फिल्मको ट्रेलरमा भएको फाइटको दृश्य हेरेर दर्शकले पहलमान नै ठान्ने होलान्।

यस्तो खालको भूमिका खेलेपछि यस्तै मात्र अफर आउँछन्। अब भने यस्तो नगर्नुपर्ला।’ –उनले भनिन्। अभिनेता राजाराम पौडेलले फिल्मको सेन्टिमेन्टल कथा आफूबाट शुरू हुने भन्दै ट्रेलरमा देखाइएको आफ्नो कपाल तानेको कारण नै फिल्ममा द्वन्द्व शुरू भएको तर यो कथा जय भोले २ को कथा भएको भन्दै सबैलाई झुक्याए। किरण शर्मा, कृति शर्मा तथा अंकित शर्माको निर्माण रहेको फिल्ममा संगीत राजनराज शिवाकोटी, नृत्य निर्देशन वसन्त श्रेष्ठ, द्वन्द्व बन नेपाल स्टन्ट टिम, छायांकन पुरुषोत्तम प्रधान र सम्पादन राजु ढुंगानाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्