मिसेस नेपालको विजेतालाई सिंगापुरको प्रतियोगितामा अवसर



हरेक वर्ष आयोजना हुँदै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल २०१८ को विजेताले यस वर्ष सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने भएकी छिन्।

रिबन इन्टरटेन्मेन्ट प्रालिले आयोजना गर्न लागेको यो प्रतियोगितामा ३७ जना महिलाबीच प्रतिस्पर्धा हुनेछ। रिबन इन्टरटेन्मेन्टका पेजेन्ट डाइरेक्टर निशुकान्त झाका अनुसार चौथो संस्करणको यो प्रतियोगितामा मानव बेचबिखनविरुद्धको अभियानसमेत सञ्चालन गरिनेछ भने विजेताले पुरस्कारस्वरूप स्कुटर पनि पाउनेछिन्। प्रतियोगीहरूले नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी म्यानेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिनादेखि प्रशिक्षण लिइरहेका छन्।

आगामी असोज ८ गते कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा विभिन्न पेसा तथा गृहिणी जीवन बिताइरहेका दीपा थपलिया, सविता देउला, सूक्ति खनाल, लक्ष्मी लिम्बु, प्रतिमा शर्मा, स्मृति श्रेष्ठ, मनिषा राजथला, जुनु शर्मा, रूपा सिवाकोटी, केशरी ढकाल, विमला नुगो लिम्बु, दीपिका बर्मा, नर्मदा सोराली, रबिना परियार, सरस्वती थापा, शान्ति बडे, बिना मगर जोशी, शर्मिला श्रेष्ठ, नम्रता गिरी, अर्चना रिमाल, रश्मी थापा, प्रमिक्षा पोखरेल, मनिषा पाण्डे, रिज्जी सेडाइँ, प्रियंका खनियाँ, विष्णु राना, अनिला महर्जन, तेजमाया लिम्बु, चन्दा थापा गिरी, अनिता विश्वकर्मा, सृष्टि महर्जन, अनिता बिमली, श्रीलक्ष्मी श्रेष्ठ थापा, मिलन शाह, राधा रिमाल र सपना प्रधानांगले स्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्